बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

शुक्रबार, असार १३ २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७५ रुपैयाँमा पुगेको छ भने सानो (लोकल) ३५ रुपैयाँ र टनेल उत्पादन गोलभेँडा ४८ रुपैयाँमा बिक्री भइरहेको छ। प्याज (भारतीय) ५० रुपैयाँ, गाजर (लोकल) ८० र तराई गाजर ५० रुपैयाँमा उपलब्ध छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि सागसब्जी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ। सार्वजनिक सूचीअनुसार दैनिक उपभोग्य तरकारीको थोक मूल्यमा केही वस्तुहरूमा वृद्धि देखिएको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७५ रुपैयाँमा पुगेको छ भने सानो (लोकल) ३५ रुपैयाँ र टनेल उत्पादन गोलभेँडा ४८ रुपैयाँमा बिक्री भइरहेको छ। प्याज (भारतीय) ५० रुपैयाँ, गाजर (लोकल) ८० र तराई गाजर ५० रुपैयाँमा उपलब्ध छ।

आलु रातो ४६, भारतीय ४०, मुडे ३९ र सेतो आलु ३५ रुपैयाँ प्रतिकिलो तोकिएको छ। बन्दा ३०, काउली ८०, रातो मूला ४०, लोकल सेतो मूला ३५ र हाइब्रिड सेतो मूला २५ रुपैयाँमा कायम गरिएको छ।

भन्टा लाम्चो २०, डल्लो ४०, तने बोडी ४५, मकै बोडी ६०, मटरकोसा १९०, टाटे सिमी ७० र राजमा घिउसिमी ११० रुपैयाँ कायम छ। लौका, करेला र परबर ३५–४० रुपैयाँको दायरा भित्रमा छन्। चिचिण्डो ३०, घिरौला ५५, झिगुनी ५५, फर्सी (पाकेको) ४५ र भिण्डी ४५ रुपैयाँमा बिक्री भइरहेको छ।

सखरखण्ड ७०, पिँडालु ८०, स्कूस ५०, पालुङो साग ६०, रायो साग ७०, तोरी र चमसुुर साग ४०–४०, मेथीको साग ८०, हरियो प्याज १०० रुपैयाँमा रहेको छ। च्याउ कन्य १९०, डल्ले ३५०, कुरिलो २७५ र निगुरो ४० रुपैयाँमा कारोबार भइरहेको छ।

ब्रोकाउली ८०, चुकुन्दर ७०, सजिवन १७०, रातो बन्दा १००, ग्याठकोभी ७०, सेलरी र सौफ साग १२०–१२०, पार्सले ६५०, पुदिना १४०, इमली १७०, तामा १२०, तोफु १४० र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

फलफूलतर्फ स्याउ (झोले) २५०, फुजी ३३०, केरा (दर्जन) १४०, कागती १३०, अनार ३५०, आँप (माल्द) ९५, दशहरी ११०, अङ्गुर (हरियो) २५०, मौसम २००, जुनार २५० र भुइँकटहर १७० रुपैयाँमा उपलब्ध छन्।

काँक्रो (लोकल) ७०, हाइब्रिड १८, रुखकटहर ६०, नास्पाती (चाइनिज) २६०, मेवा (नेपाली) ७०, भारतीय मेवा १००, लिची (लोकल) २७० रुपैयाँमा बिक्री भइरहेको छ।

अन्य सामग्रीमा अदुवा ११०, खुर्सानी सुकेको ४२०, हरियो खुर्सानी ४०, बुलेट ३०, अकबरे ३५०, भेडे खुर्सानी ११०, हरियो धनियाँ ८०, चाइनिज लसुन २००, नेपाली लसुन १७०, छ्यापी सुकेको २००, हरियो छ्यापी १२० रुपैयाँमा उपलब्ध छन्।

ताजा माछा (रहु) ३३०, बचुवा ३२०, छडी २४०, राजा च्याउ ३०० र सिताके च्याउ ९०० रुपैयाँ प्रतिकिलोमा थोक बजारमा बिक्री भइरहेको समितिले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, असार १३ २०८२१०:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend