बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बिहीबार , असार १२ २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि प्रमुख सागसब्जी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक मूल्यअनुसार दैनिक उपभोग्य तरकारीको मूल्यमा केही घटबढ देखिएको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि प्रमुख सागसब्जी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक मूल्यअनुसार दैनिक उपभोग्य तरकारीको मूल्यमा केही घटबढ देखिएको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३५ रुपैयाँ, टनेल उत्पादन सानो गोलभेँडा ४८ रुपैयाँमा कारोबार भइरहेको छ। प्याज सुकेको (भारतीय) ५० रुपैयाँ, गाजर (लोकल) ७० र गाजर (तराई) ५५ रुपैयाँमा पाइएको छ। आलु रातो (नेपाली) ४५ रुपैयाँ, भारतीय ४० रुपैयाँ र मुडे आलु ३९ रुपैयाँ कायम छ।

बन्दा (लोकल) ३५ रुपैयाँ, काउली ८० रुपैयाँ, रातो मूला ४५ रुपैयाँ र हाइब्रिड सेतो मूला २५ रुपैयाँमा पाइएको छ। भन्टा लाम्चो २०, भन्टा डल्लो ४०, तने बोडी ४० र मकै बोडी ५० रुपैयाँमा उपलब्ध छ।

मटरकोसा प्रतिकिलो १८०, घिउ सिमी (राजमा) ११०, तीतो करेला ३५, लौका ३५, घिरौला ५५, चिचिण्डो ३०, फर्सी पाकेको ४५ र भिण्डी ४५ रुपैयाँ कायम गरिएको छ।

सखरखण्ड ७०, पिँडालु ८०, स्कूस ५०, रायो साग र पालुङ्गो साग समानरुपमा ६०–६० रुपैयाँ, चमसुुर र तोरीको साग ४०, मेथी साग ८०, हरियो प्याज १००, च्याउ (कन्य) २०० र डल्ले च्याउ ३७० रुपैयाँ तोकिएको छ। कुरिलो ३००, निगुरो ४०, ब्रोकाउली ७० र चुकुन्दर पनि ७० रुपैयाँमा बिक्री भइरहेको छ।

सजिवन १८०, रातो बन्दा १००, जिरीको साग १००, ग्याठकोभी ७०, सेलरी १२०, पार्सले ६००, सौफ साग र पुदिना क्रमशः १२० र १४० रुपैयाँमा रहेको छ। इमली १७०, तामा १२०, तोफु १४० र गुन्द्रुक ३५० रुपैयाँमा उपलब्ध छ।

फलफूलतर्फ, स्याउ (झोले) २५०, स्याउ (फुजी) ३३०, केरा (दर्जन) १५०, कागती १४०, अनार ३३०, आँप (माल्द) ८५ र दशहरी आँप ९० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। अङ्गुर (हरियो) २५०, मौसम २००, जुनार २५०, काँक्रो (लोकल) ८० र हाइब्रिड काँक्रो २० रुपैयाँमा रहेको छ।

रुखकटहर ६०, नास्पाती (चाइनिज) २६०, नेपाली मेवा ७०, भारतीय मेवा १००, लिची (लोकल) २७० रुपैयाँ प्रतिकिलोमा बजारमा पाइएको छ।

अन्य सामग्रीहरूमा अदुवा ११०, खुर्सानी सुकेको ४२०, हरियो खुर्सानी ४०, बुलेट खुर्सानी ३०, अकबरे खुर्सानी ३५०, भेडे खुर्सानी ११०, हरियो धनियाँ ८०, चाइनिज लसुन २०० र नेपाली लसुन १७० रुपैयाँमा बिक्री भइरहेको छ।

त्यस्तै, छ्यापी सुकेको २००, हरियो छ्यापी १२०, ताजा माछा (रहु) ३३०, बचुवा ३२०, छडी २४०, राजा च्याउ ३०० र सिताके च्याउ ९०० रुपैयाँ प्रतिकिलोमा आजको थोक बजारमा उपलब्ध रहेको समितिले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , असार १२ २०८२१०:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend