बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

सर्लाहीको बागमती नगरपालिकाले ल्यायो एक अर्ब तीन करोडको बजेट

images
बुधबार, असार ११ २०८२
images
images
सर्लाहीको बागमती नगरपालिकाले ल्यायो एक अर्ब तीन करोडको बजेट

नगरभित्र उत्पादन भएका तरकारी संकलनको दिगो व्यवस्थापनका लागि सखुवनीमा संरचना निर्माणका लागि दुई करोड ८० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।

images
images

बरहथवा- सर्लाहीको बागमती नगरपालिकाले आगामी आर्थिक वर्षको लागि एक अर्ब तीन करोड २६ लाख नौ हजार ३७६ रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

images
images

मंगलबार नगरपालिकाको दोस्रो नगरसभाको सातौँ अधिवेशनमा कार्यवाहक उपप्रमुख रूपा बोम्जनले उक्त बजेट पेस गरिन्। नगरको कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तयार पारिएको नगरका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाको भनाइ छ।

images
images

आगामी आव २०८२/८३ का लागि कुल बजेटमध्ये व्यय १० करोड ४६ लाख, पुँजीगत तथा कार्यक्रमतर्फ ७० करोड ५० लाख नौ हजार ३७६, सशर्त अनुदानतर्फ २१ करोड ४३ लाख, विशेष अनुदानतर्फ ८७ लाख रूपैयाँ अनुमान गरिएको कार्यवाहक उपप्रमुख बोम्जनले जानकारी दिइन्।

images
images
images

अनुमानित खर्चको स्रोत नेपाल सरकार अनुदान, राजस्व बाँडफाँट, प्रदेश सरकार अनुदान, आन्तरिक आय तथा नगर विकास कोष र निजी क्षेत्र गैरसरकारी संस्थाहरू अनुमान गरिएको उनले उल्लेख गरिन्। कृषि क्षेत्रतर्फ नगरपालिकाले यहाँ उत्पादन हुने अन्नको भण्डार निर्माणलाई पनि प्राथमिकता दिएको उनको भनाइ छ।

नगरभित्र उत्पादन भएका तरकारी संकलनको दिगो व्यवस्थापनका लागि सखुवनीमा संरचना निर्माणका लागि दुई करोड ८० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ। नगरमा रहेका ३५ बढी धार्मिकस्थल र नगरले निर्माण गरिरहेको बागमती माछापोखरी (भरत ताल) लाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नेगरी कार्यक्रम तयार गरिएको बोम्जनले जानकारी दिइन्।

नगरपालिकाले अस्तित्वमा रहेका र लोपोन्मुख तथा प्रचलित भाषा संस्कृति संरक्षणको लागिसमेत कार्यक्रम तयार गरी सभाबाट अनुमोदन गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रतीक भण्डारीले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, असार ११ २०८२१७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend