बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

तिलागुफाले ल्यायो ७० करोडको बजेट, पर्यटकीय विमानस्थल निर्माण गर्न पहल थाल्ने नीति

बुधबार, असार ११ २०८२
तिलागुफाले ल्यायो ७० करोडको बजेट, पर्यटकीय विमानस्थल निर्माण गर्न पहल थाल्ने नीति

नगरपालिकाको मालिका काँध भटारी पर्यटकीय विमानस्थल निर्माणका लागि नगरपालिकाले पहल थालेको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए।

मान्म- कालीकोटको तिलागुफा नगरपालिकाले पर्यटकीय विमानस्थल निर्माणका लागि पहल थाल्ने भएको छ। नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा पर्यटकीय विमानस्थल निर्माणका लागि पहल गरिने भएको हो। 

नगरपालिकाभित्र पर्यटकीय क्षेत्र रुडुबन्चु पाटन, पुगमालिकालगायतका पर्यटकीय क्षेत्र भएकाले पर्यटकीय विमानस्थल निर्माण गर्ने जनाइएको हो। नगरपालिकाको मालिका काँध भटारी पर्यटकीय विमानस्थल निर्माणका लागि नगरपालिकाले पहल थालेको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए। 

'नीति तथा कार्यक्रममा हामीले संघ र प्रदेश सरकारसँग अनुरोध गरिनेछ भनेका छौँ', उनले भने, 'पर्यटन प्रवर्द्धन गर्नका लागि पनि विमानस्थलको आवश्यकता रहेको छ।'

रुडुवन्चु फुलबारी पाटनसम्म पर्यटकीय पदमार्ग निर्माण गरी नगरपालिकाको सिंगो आर्थिक समृद्धिसँग जोडिने र नगरपालिकाको फोइमा विमानस्थल बनाउने लक्ष्य राखिएको नगर प्रमुख उपाध्यायले बताए। 'पर्यटन गुरुयोजनाका लागि पनि पर्यटकीय विमानस्थल आवश्यकता रहेको छ', उनले भने, 'पुगमालिका, रुडुबन्चु पाटन तिला नदी र्‍याटिङ गर्नका लागि पर्यटकीय विमानस्थलको आवश्यकता हो।'

तिलागुफा-१ नाग्मगाडदेखि वडा नं ७ को बालीघाटसम्म र्‍याफ्टिङ प्रविधिमार्फत पर्यटन प्रवर्द्धन गर्न सम्भाव्यता अध्ययन गरिने र वडा नं ७ को बालीघाटमा बोटिङ सेवा सञ्जालनका लागि सम्भाव्यता अध्ययन गरी आवश्यक पूर्वाधार निर्माणको कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइने योजना बनाइएको नगर प्रमुख उपाध्यायले जानकारी दिए।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल खर्च ७० करोड १४ लाख १९ हजार २१० रूपैयाँ विनियोजन गरेको छ। कुल विनियोजनमध्ये चालुतर्फ ४७ करोड ८७ लाख ६४ हजार अर्थात् ६८ दशमलव २६ प्रतिशत र पुँजीगततर्फ २२ करोड २६ लाख ५५ हजार रूपैयाँ ७१० अर्थात् ३१ दशमलव ७४ प्रतिशत रहेको छ। रासस


प्रकाशित : बुधबार, असार ११ २०८२१६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend