बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

डडेल्धुराका सातवटै स्थानीय तहको बजेट सार्वजनिक, कसको कति?

images
बुधबार, असार ११ २०८२
images
images
डडेल्धुराका सातवटै स्थानीय तहको बजेट सार्वजनिक, कसको कति?

पालिकाहरुले संघीय, प्रदेश र आन्तरिक स्रोतबाट जुट्ने आम्दानीको अनुमानका आधारमा खर्च विनियोजन गरेका छन्।

images
images

अमरगढी- डडेल्धुराका सातवटै स्थानीय तहले मंगलबार आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन्।

images
images

यहाँका पालिकाले विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेका हुन्।

images
images

सबैभन्दा बढी बजेट परशुराम नगरपालिकाले प्रस्तुत गर्दै ८० करोड ४९ लाख ४१ हजार रूपैयाँ विनियोजन गरेको छ। नगर उपप्रमुख विमलाकुमारी बोहराले १७ औँ नगरसभामा बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार क्षेत्र प्राथमिकतामा परेको जानकारी दिइन्।

images
images
images

अमरगढी नगरपालिकाले ५८ करोड २५ लाख ८८ हजार, आलिताल गाउँपालिकाले ५३ करोड २७ लाख २० हजार, अजयमेरु गाउँपालिकाले ५३ करोड दुई लाख ३८ हजार, गन्यापधुरा गाउँपालिकाले ४४ करोड ७४ लाख ५० हजार, भागेश्वर गाउँपालिकाले ५२ करोड ५७ लाख र नवदुर्गा गाउँपालिकाले ४६ करोड ७६ लाख १९ हजार रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।

पालिकाहरुले संघीय, प्रदेश र आन्तरिक स्रोतबाट जुट्ने आम्दानीको अनुमानका आधारमा खर्च विनियोजन गरेका छन्।

अधिकांश पालिकाले आधारभूत सेवा, पूर्वाधार सुदृढीकरण, सामाजिक न्याय र समावेशी विकासमा जोड दिने जनाएका छन्। गाउँ तथा नगरसभा अधिवेशनमार्फत प्रस्तुत बजेटमध्ये केही सर्वसम्मतरूपमा पारित भइसकेका छन् भने केही पालिकामा छलफल जारी रहेको जनाइएको छ। रासस


प्रकाशित : बुधबार, असार ११ २०८२१६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend