बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

मोरङका १६ पालिकाको बजेट १६ अर्ब ५७ करोड, आन्तरिक किचलोका कारण ग्रामथानले ल्याउन सकेन

बुधबार, असार ११ २०८२
मोरङका १६ पालिकाको बजेट १६ अर्ब ५७ करोड, आन्तरिक किचलोका कारण ग्रामथानले ल्याउन सकेन

मोरङ- आगामी आर्थिक वर्ष २०८२/८३ का लागि यहाँका १६ स्थानीय तहले १६ अर्ब ५७ करोड रूपैयाँको बजेट ल्याएका छन्। जिल्लामा रहेका १७ स्थानीय तहमध्ये असार १० गतेभित्रै ग्रामथान गाउँपालिकाबाहेकका १६ स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट सभामा पेस गरेका छन्।

जिल्लाका १६ स्थानीय तहले आगामी आर्थिक वर्षका लागि १६ अर्ब ५७ करोड ३६ लाख पाँच हजार ६४४ रूपैयाँ बराबरको बजेट ल्याएका छन्। जिल्लामा एक महानगर, आठ नगरपालिका र आठ गाउँपालिका रहेकामा ग्रामथान गाउँपालिकाबाहेका १६ वटा स्थानीय तहले बजेट नगर तथा गाउँ सभामा पेस गरेका हुन्।

ग्रामथान गाउँपालिकाले आन्तरिक किचलोका कारण असार १० गते भित्रमा बजेट पेस गर्न सकेन। मोरङमा सबैभन्दा बढी विराटनगर महानगरपालिकाले चार अर्ब ४० लाख रूपैयाँ बजेट ल्याएको छ।

यस्तै, सुन्दरहरैँचा नगरपालिकाले एक अर्ब ७१ करोड २७ लाख ५९ हजार १८०, उर्लाबारी नगरपालिकाले एक अर्ब १८ करोड ४० लाख ५४ हजार ५ सय र बेलबारी नगरपालिकाले एक अर्ब नौ करोड ४५ं लाख ४७ हजार रूपैयाँको बजेट आगामी आर्थिक वर्ष लागि पेस गरेका छन्। 

यसैगरी, रतुवामाई नगरपालिकाले तीन करोड ८५ लाख ११ हजार, पथरीशनिश्चरे नगरपालिकाले ८१ करोड ९९ लाख ९१ हजार, रंगेली नगरपालिकाले ७७ करोड ७७ लाख आठ हजार ५८, सुनवर्षी नगरपालिकाले रु ६७ हजार १३ लाख २२ हजार र लेटाङ नगरपालिकाले ६१ करोड ६ लाख २८ हजार २ सय बराबरको बजेट पेस गरेका छन्।

अन्य गाउँपालिकाहरुमा केराबारीले ८४ करोड ८५ लाख आठ हजार, मिक्लाजुङले ७९ करोड ९२ लाख ४९ हजार ७०, बुढीगंगाले ७६ करोड ३० लाख ९३ हजार, कानेपोखरीले ६७ करोड २९ लाख ९६ हजार, जहदाले ६० करोड २७ लाख ९० हजार ५२५, धनपालथानले ५९ करोड एक लाख ७३ हजार ३११  र कटहरीले ५८ करोड ९१ लख ४४ हजार ५०० बराबरको बजेट ल्याएका छन्। रासस


प्रकाशित : बुधबार, असार ११ २०८२१६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend