काठमाडौं- मंगलबार तोलामा एक हजार ७ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार पनि प्रतितोला एक हजार ५ सय रूपैयाँले सस्तिएको छ। बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार रूपैयाँ तोकिएको छ।
यो साता मंगलबार सुन प्रतितोला एक लाख ९३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदी पनि मंगलबारको तुलनामा बुधबार प्रतितोला २० रूपैयाँले सस्तिएको छ।
मंगलबार प्रतितोला दुई हजार १ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला दुई हजार १ सय ४० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।