बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

६ वटा संसदीय समितिको बैठक बस्दै

बुधबार, असार ११ २०८२
६ वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत आज एकै दिन ६ वटा संसदीय समितिको बैठक बस्दै छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भने आज छैन।

काठमाडौं- संघीय संसद्अन्तर्गत आज एकै दिन ६ वटा संसदीय समितिको बैठक बस्दै छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भने आज छैन। 

अर्थ समितिको ७७औँ बैठक आज बस्दै छ। बैठकमा आर्थिक विधेयकमार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदनमा छलफल हुँदै छ।

बिहान ११ बजे बस्ने बस्ने बैठकमा आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरूका सम्बन्धमा समसामयिक छलफल हुनेछ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

पूर्वाधार विकास समितिको बैठक पनि आजै बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतिका विषयमा छलफल हुनेछ। 

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलायएको छ । बैठकमा भन्सार विधेयक, २०८० माथि  सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ।  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा वाग्मती प्रदेशस्थित दोलखालगायत  क्षेत्रहरूमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा हुनेछ । 

बैठक बिहान सवा ११ बजे बस्नेछ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्नेछ। समितिको २९२ औँ बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा एवं प्रतिवेदनको मस्यौदामा छलफल हुनेछ ।  बैठक बिहान ११ बजे बस्ने कार्यतालिका छ। 

 


प्रकाशित : बुधबार, असार ११ २०८२०६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend