बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

नेपाल-भारत द्विपक्षीय सुरक्षा परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न

मंगलबार, असार १० २०८२
नेपाल-भारत द्विपक्षीय सुरक्षा परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न

दुवै पक्षबाट परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकारीहरू, नेपाली तथा भारतीय सेनाका निर्देशकस्तरीय अधिकारीहरूको सहभागिता थियो।

काठमाडौं- नेपाल र भारतबीच द्विपक्षीय सुरक्षा परामर्श समूहको सोह्रौँ बैठक २०८२ असार ८ र ९ गते भारतको पुनेमा सम्पन्न भएको छ।

बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले गरेका थिए भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया) गहेन्द्र राजभण्डारीले गरेका थिए।

दुवै पक्षबाट परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकारीहरू साथै नेपाली तथा भारतीय सेनाका निर्देशकस्तरीय अधिकारीहरूको सहभागिता रहेको थियो।

बैठकमा सुरक्षा तथा रक्षा सहयोगका विविध पक्षहरू सैन्य सामग्री आपूर्ति, तालिम, संयुक्त सैन्य अभ्यास, विपद् उद्धार कार्य, तथा सेनाबीचको आदानप्रदान सम्बन्धमा विस्तृत छलफल भएको थियो।

साथै, दुवै देशका प्रतिनिधिमण्डलहरूले भारतका सार्वजनिक तथा निजी क्षेत्रका प्रमुख रक्षा उत्पादन कम्पनीहरूको अवलोकनसमेत गरेका थिए। यस भ्रमणमार्फत आपसी लाभका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाहरूको खोजी गरिएको जनाइएको छ।

वि.सं. २०६० मा स्थापना भएको यो समूह नेपाल-भारतबीचको समग्र सुरक्षा तथा रक्षा सम्बन्ध समन्वय गर्ने प्रमुख संस्थागत संयन्त्र हो।


प्रकाशित : मंगलबार, असार १० २०८२१७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend