शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

२०२१ मा विद्युतीय कार बिक्री १०९ प्रतिशतले बढ्यो, टेस्लाको हिस्सा १४ प्रतिशत

मंगलबार, फागुन ३ २०७८
२०२१ मा विद्युतीय कार बिक्री १०९ प्रतिशतले बढ्यो, टेस्लाको हिस्सा १४ प्रतिशत

काठमाडौं- २०२१ मा विश्वभर करिब ६५ लाख विद्युतीय सवारी बिक्री भएको छ। २०२० को तुलनामा गत वर्ष विद्युतीय सवारी बिक्री १०९ प्रतिशतले वृद्धि भएको हो। २०२१ मा टेस्लाको मात्र १४ प्रतिशत हिस्सा रहेको छ। 

२०२१ मा विश्वको समग्र कार बजारको बिक्री वृद्धि ४ प्रतिशत मात्र रहेको थियो। विश्वभर २०२१ मा बिक्री भएका ८५ प्रतिशत कार युरोप र चीनमा बिक्री भएको थियो। २०२१ मा अमेरिकामा करिब ५ लाख ३५ हजार वटा विद्युतीय कार बिक्री भएको थियो। 

त्यस्तै चीनमा २०२१ मा चीनमा ३२ लाख विद्युृतीय कार बिक्री भएको थियो। यो विश्वभर बिक्री भएको विद्युतीय कार मध्येको करिब आधा संख्या हो। युरोपमा २०२१ मा सर्वाधिक बिक्री हुने विद्युतीय कार टेस्लाको मोडल थ्री रहेको छ।

टेस्लालाई पक्षाएको फक्सवागनले २०२१ मा बिक्री भएको कुल विद्युतीय सवारीमा १२ प्रतिशत हिस्सा सहित दोस्रो धेरै बिक्रेता बनेको छ। त्यस्तै तेस्रोमा एसजीएमडब्लू (एसएआईसी, जीएम र युलिङ) सहितको हिस्सा ११ प्रतिशत रहेको छ।


प्रकाशित : मंगलबार, फागुन ३ २०७८१२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend