शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

जुम्ला विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिने

images
मंगलबार, फागुन ३ २०७८
images
जुम्ला विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिने

यस विमानस्थलमा ठूलो जहाज अहिले अवतरण गर्न नसक्दा कर्णालीको हवाई यात्रा निकै कष्टकर बनेको छ।

images
images

जुम्ला- जुम्ला सदरमुकाम खलंगा बजारमा रहेको जुम्ला विमानस्थल स्तरोन्नतिका लागि सघींय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले र कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायबीच छलफल भएको छ। 

images
images
images

भेटमा दुईमन्त्रीबीच उक्त धावनमार्ग स्तरोन्नति गरेर ठूला जहाज अवतरण गराउने विषयमा पहिलो चरणमा छलफल भएको मन्त्री रोकायका स्वकीय सचिव अमर रोकायले बताए। 

images
images

दुर्गम क्षेत्रको हवाई सेवा व्यवस्थापनमा निकै चासो देखाएका मन्त्री आलेले धावनमार्ग विस्तारका लागि तत्काल पहल थालिने आश्वासन दिएको उनको भनाइ छ। यस विमानस्थलमा ठूलो जहाज अहिले अवतरण गर्न नसक्दा कर्णालीको हवाई यात्रा निकै कष्टकर बनेको छ।

images
images

विमास्थल स्तरोन्नति गरेर ठूलो जहाज सञ्चालनमा ल्याउन सके यहाँका नागरिकलाई निकै सहज हुने देखिन्छ। यस कार्यका लागि सघींय सरकार सकरात्मक रहेकाले प्रदेश सरकार पनि प्रतिबद्ध भएको बताइएको छ। पर्यटनमन्त्री आलेले तत्काल जुम्लामा प्राविधिक टोली खटाइने बताए।   

प्राविधिक टोलीको प्रतिवेदन आएपछि जग्गा व्यवस्थापन प्रक्रिया अघि बढाइने दुईमन्त्रीबीच छलफल भएको थियो। मन्त्री रोकायका अनुसार तत्काल तीन सय मिटर धावनमार्ग विस्तार गर्दै थप स्तरोन्नतिको प्रक्रिया क्रमशः अघि बढाइने भएको छ। कर्णालीमा ठूला जहाज अवतरण गर्न सक्ने विमानस्थल छैनन्। त्यसका लागि जुम्ला विमानस्थल नै उपयुक्त विकल्प हो। 

उक्त विमानस्थलको धावनमार्ग ६७५ मिटर रहेकाले साना जहाज मात्रै अवतरण हुँदै आएका छन् तर धावनमार्गलाई एक हजार ८०० मिटरदेखि एकहजार ५०० मिटरसम्म विस्तार गर्नसके ठूला जहाज सजिलै अवतरण गर्न सकिने विमानस्थल कार्यालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, फागुन ३ २०७८११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend