बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पूर्वीनाका काँकरभिट्टाबाट ११ महिनामा १८ अर्ब रूपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात

मंगलबार, असार १० २०८२
पूर्वीनाका काँकरभिट्टाबाट ११ महिनामा १८ अर्ब रूपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात

आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ७० प्रतिशत अर्थात् ४७ करोड ४३ लाख रूपैयाँले बढेको छ।

झापा- चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट १८ अर्ब चार करोड ६० लाख रूपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा रु एक अर्ब छ करोड ४३ लाख अर्थात् पाँच दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा  गिरावट आएको छ।

आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ७० प्रतिशत अर्थात् ४७ करोड ४३ लाख ८७ हजार रूपैयाँले बढेको छ।

कार्यालयको तथ्यांकअनुसार चालु आवको ११ महिनामा पेट्रोलियम पदार्थ आयातबाट आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार रूपैयाँ राजस्व संकलन भएको छ। उक्त अवधिमा आठ अर्ब ११ करोड ५९ लाख मूल्यबराबर ९३ हजार आठ सय २४ किलोलिटर पेट्रोल आयात भएको थियो। यसैगरी ६ अर्ब २६ करोड ७१ लाख मूल्यबराबर ६८ हजार ८२० किलोलिटर डिजेल आयात भएको छ।

त्यसैगरी, सोही अवधिमा दुई अर्ब ५९ करोड मूल्यबराबरर २३ हजार ४३८ मेट्रिकटन एलपी ग्यास, ६१ करोड २० लाख मूल्यबराबर ६ हजार ७०८ किलोलिटर एटीएफ र २२ करोड ७१ लाख मूल्यबराबरको दुई हजार ५२० किलोलिटर मट्टितेल आयात भएको छ। रासस


प्रकाशित : मंगलबार, असार १० २०८२१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend