बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

सोमबार, असार ९ २०८२
प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

उनीहरु विरुद्ध २५ लाख ६७ हजार पाँच २६ रुपैयाँ बराबरको बिगो माग दाबी गरिएको छ।

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसमेत तीनजनाविरुद्ध साेमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अस्पतालको बिलिङ काउन्टरमा उठेको रकम बैंकमा दाखिला नगरी अनाधिकृत रुपमा हिनामिना गरेको अभियोगमा आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करारमा कार्यरत तृप्ती शाही ठकुरी भन्ने तृप्ती शाहीविरुद्ध मुद्दा दायर गरेको हाे।

उनीहरुविरुद्ध २५ लाख ६७ हजार पाँच २६ रुपैयाँ बराबरको बिगो माग दाबी गरिएको छ। 

यसैगरी अस्पतालमा रहेको कुमारी बैंकका एक्स्टेन्सन काउन्टरका तत्कालीन इञ्चार्ज गोमा सिँजाली मगरविरुद्ध पनि समान बिगो माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकरी दिए। रासस


प्रकाशित : सोमबार, असार ९ २०८२१५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend