बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

बाँझो खेतमा बाँदरले असर नपार्ने नगदेबाली विस्तार गर्ने रूपा गाउँपालिकाको योजना

सोमबार, असार ९ २०८२
बाँझो खेतमा बाँदरले असर नपार्ने नगदेबाली विस्तार गर्ने रूपा गाउँपालिकाको योजना

लसुन, प्याज, बेसार, टिमुर, हलेदोलगायत मसलाजन्यबाली लगाउन प्रोत्साहन गर्नुका साथै उत्पादनमा आधारित न्यूनतम अनुदान व्यवस्था गरी चार हजार रोपनी जग्गामा मसलाजन्य बाली विस्तार गरिने बताइएको छ।

गण्डकी- कास्कीको रूपा गाउँपालिकाले चार हजार क्षेत्रफल जग्गामा मसलाजन्य बाली विस्तार गर्ने भएको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा ‘बाँझो खेतमा यसपाली : बाँदरले असर नपार्ने नगदेबाली’ भन्ने नाराका साथ बाँदरले असर नपार्ने मसलाजन्य नगदेबाली (अदुवा, लसुन, बेसार, टिमुर, हलेदो) लगाउन मसलाजन्य बाली उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको गाउँपालिका प्रमुख नवराज ओझाले बताए।

लसुन, प्याज, बेसार, टिमुर, हलेदोलगायत मसलाजन्यबाली लगाउन प्रोत्साहन गर्नुका साथै उत्पादनमा आधारित न्यूनतम अनुदान व्यवस्था गरी चार हजार रोपनी जग्गामा मसलाजन्य बाली विस्तार गरिने उनले बताए।

कृषि तथा पशुपालनमा आत्मनिर्भर हुनका लागि बेरोजगार युवालाई कृषि पेसामा प्रोत्साहित गरी आयआर्जनमा जुटाउन एकीकृत कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। 

‘मेहनती किसानको हात : गाउँपालिकाको साथ’ भन्ने नाराका साथ कृषि क्षेत्रको लागत घटाउन कुल लागतको आधारमा व्यावसायिक किसानलाई लागत र उत्पादनमा आधारित अनुदान प्रदान गरिने अध्यक्ष ओझाले बताए। रासस


प्रकाशित : सोमबार, असार ९ २०८२१३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend