बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पशुपति क्षेत्रविकास कोषका सदस्य सचिवसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आइतबार, असार ८ २०८२
पशुपति क्षेत्रविकास कोषका सदस्य सचिवसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

उनीहरुविरुद्ध जनही १० करोड ३३ लाख ९१ हजार रूपैयाँ बिगो कायम गरिएको छ।

काठमाडौं- पशुपति क्षेत्रविकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री र तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

पशुपतिको विद्युतीय शवदाह गृहको उपकरण खरिदमा मिलेमतोमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कम्पनी र १४ जनाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

अख्तियारले सदस्यसचिव थापा, तत्कालीन सदस्यसचिव खत्री र तत्कालीन कार्यकारी निर्देशक खतिवडासहित हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सीताराम रिसेलविरुद्ध मुद्दा दायर गरेको छ।

यस्तै, सिभिल इन्जिनियरहरु पशुपति ठाकुर, डेबिड उप्रेती र रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, इन्जिनियर अध्ययन संस्थान पुल्चोक क्याम्पस इलेक्ट्रिकल विभाग प्रमुख उपप्राध्यापक युवराज अधिकारी, पशुपति विकास कोषका कानूनी सल्लाहकार तथा मूल्यांकन समिति सदस्य लैनबहादुर थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ। 

उनीहरुविरुद्ध जनही १० करोड ३३ लाख ९१ हजार रूपैयाँ बिगो कायम गरी कैद र जरिवाना तथा हिनामिना भएको रकम असुलउपरको मागदाबी लिइएको छ।


प्रकाशित : आइतबार, असार ८ २०८२१८:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend