बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पर्यटन बस संघ र सिप्रदी ट्रेडिङबीच व्यावसायिक सहकार्य सम्भावनाबारे छलफल

आइतबार, असार ८ २०८२
पर्यटन बस संघ र सिप्रदी ट्रेडिङबीच व्यावसायिक सहकार्य सम्भावनाबारे छलफल

सिप्रदीले पर्यटक सेवा क्षेत्रमा संलग्न बसहरूलाई २४ घण्टा सेवा तथा प्राविधिक सहायता उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।

काठमाडौं- सिप्रदी ट्रेडिङ प्रालि र पर्यटन बस संघ नेपाल (टीबान) बीच व्यावसायिक सहकार्यका सम्भावनाबारे छलफल भएको छ। एक विशेष बैठकबीच नेपालको पर्यटन र यातायात क्षेत्रलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने विषयमा विस्तृत छलफल भएको कम्पनीले जनाएको छ।

टीबानका अध्यक्ष भीष्म न्यौपाने, पूर्वअध्यक्ष ईश्वर शर्मा, आईपीपी कृष्ण आचार्य, सिप्रदी ट्रेडिङका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकाल तथा टाटा मोटर्स, मुम्बईका क्षेत्रीय व्यवस्थापक अभिजित दासको उपस्थितिमा सम्पन्न बैठकमा पर्यटन अभिमुखी सेवा तथा उच्चस्तरीय बस सेवा विस्तारको सम्भावनामा जोड दिइएको थियो।

बैठकमा पर्यटकहरूलाई लक्षित उच्चस्तरीय, सुरक्षित तथा भरपर्दो बस सेवा प्रदान गर्न आवश्यक पूर्वाधार, सेवा व्यवस्थापन र प्राविधिक सहयोगका पक्षमा छलफल भएको थियो।

सिप्रदी ट्रेडिङले विगत ४४ वर्षदेखि भारतको अग्रणी ब्रान्ड टाटा मोटर्सका विविध प्रकारका साना तथा ठूला सवारी साधनहरूको नेपालमा आयात, बिक्री तथा वितरण गर्दै आएको छ। हाल टीबानमा आबद्ध ५ सयभन्दा बढी बसहरू सञ्चालनमा छन्, जसमा टाटा मोटर्सका बसहरूको उल्लेखनीय उपस्थिति छ।

सिप्रदीले पर्यटक सेवा क्षेत्रमा संलग्न बसहरूलाई २४ घण्टा सेवा तथा प्राविधिक सहायता उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।

साथै, आगामी दिनमा टाटा मोटर्स, सिप्रदी र टीबानबीच समन्वयात्मक सहकार्य गर्दै नेपालमा पर्यटन क्षेत्रको प्रवर्द्धन तथा यातायात सेवामा नयाँ स्तर स्थापना गर्ने लक्ष्यका साथ अगाडि बढ्ने सहमति पनि जनाइएको छ।


प्रकाशित : आइतबार, असार ८ २०८२१७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend