काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा रहेको छ भने युके पाउण्ड स्ट्रलिङको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३२ पैसा छ। स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८० पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ०३ पैसा, क्यानेडियन डलरको खरिददर १०० रुपैयाँ ८६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलरको खरिददर १०७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ५० पैसा र बिक्रीदर ९ रुपैयाँ ५४ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा छ। साउदी रियालको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ तोकिएको छ। कतारी रियालको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ।
थाइ भाट चार रुपैयाँ २२ पैसा (खरिददर) र चार रुपैयाँ २४ पैसा (बिक्रीदर), युएई दिराम ३७ रुपैयाँ ६४ पैसा (खरिद) र ३७ रुपैयाँ ८१ पैसा (बिक्री), मलेसियन रिङ्गेट ३२ रुपैयाँ ५१ पैसा (खरिद) र ३२ रुपैयाँ ६५ पैसा (बिक्री) मा तोकिएको छ।
साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर १४ रुपैयाँ ३२ पैसा (खरिद) र १४ रुपैयाँ ३८ पैसा (बिक्री), डेनिस क्रोनर २१ रुपैयाँ ३४ पैसा (खरिद) र २१ रुपैयाँ ४३ पैसा (बिक्री) रहेको छ।
हङकङ डलरको खरिददर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६९ पैसा छ। कुवेती दिनारको खरिददर ४५१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४५३ रुपैयाँ ३६ पैसा, बहराइन दिनार ३६६ रुपैयाँ ५४ पैसा (खरिद) र ३६८ रुपैयाँ १३ पैसा (बिक्री), ओमनी रियाल ३५९ रुपैयाँ ०४ पैसा (खरिद) र ३६० रुपैयाँ ६० पैसा (बिक्री) मा कायम गरिएको छ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारी राष्ट्र बैंकको वेबसाइटमा हेर्न अनुरोध गरिएको छ। रासस