आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

images
आइतबार, असार ८ २०८२
images
images
तीन प्रदेशमा भारी वर्षाको सम्भावना

देशका केही स्थानमा आइतबार भारी वर्षाको सम्भावना छ। यस दिन देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल/वर्षा) रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

images
images

काठमाडौं- देशका केही स्थानमा आइतबार भारी वर्षाको सम्भावना छ। यस दिन देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल/वर्षा) रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

images
images
images

दिउँसो कोसी प्रदेशका पहाडी भूभाग, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 'वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागको धेरै स्थानहरूमा तथा बाँकी भूभागको केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। 

images
images

यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का वर्षा/हिमपातको सम्भावना छ।

images
images
images

महाशाखाले आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

'कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' महाशाखाले भनेको छ।

राति देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।


प्रकाशित : आइतबार, असार ८ २०८२०७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend