शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

ग्वार्को ओभरपास उद्घाटन : प्रधानमन्त्री ओलीले भने ‘देशमा बहुआयामिक र चौतर्फी ढंगले विकास गर्दैछौँ’

images
शुक्रबार, असार ६ २०८२
images
images
ग्वार्को ओभरपास उद्घाटन : प्रधानमन्त्री ओलीले भने ‘देशमा बहुआयामिक र चौतर्फी ढंगले विकास गर्दैछौँ’

इन्जनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) माेडलमा १७ करोड ६ लाख ८८ हजारमा आशिष, समानान्तर र रेलिगेयरकाे जाेइन्ट भेन्चर कम्पनी (जेभी) ले निर्माण गरेकाे हाे। याे ओभरपास नेपालकै पहिलो हो। कुल पाँच सय मिटर अप्रोच सडक रहेको यसमा ३५ मिटर स्पानको ४ लेन पुल निर्माण भएको छ।

images
images

ललितपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले चक्रपथ सडकमार्गको ग्वार्को ओभरपास उद्घाटन  गर्दै सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढाएकाे बताएका छन्। नवनिर्मित ओभरपासमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्।

images
images
images

इन्जनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) माेडलमा १७ करोड ६ लाख ८८ हजारमा आशिष, समानान्तर र रेलिगेयरकाे जाेइन्ट भेन्चर कम्पनी (जेभी) ले निर्माण गरेकाे हाे। याे ओभरपास नेपालकै पहिलो हो। कुल पाँच सय मिटर अप्रोच सडक रहेको यसमा ३५ मिटर स्पानको ४ लेन पुल निर्माण भएको छ।

images
images

ग्वार्को चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो। कार्यक्रममा प्रधानमन्त्री ओलीले यस प्रकारको पहिलो ओभरपास निर्माण भई उद्घाटन हुन खुसीको कुरा भएकाे भन्दै अब ग्वार्कोमा सवारी जामको समस्या समाधान भएको बताए।

images
images
images

उनले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वाससमेत व्यक्त गरेका छन्। ‘हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ, हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो। तीन वटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ’ प्रधानमन्त्री ओलीले भने।

साथै दैलेखमा उत्खननकाे सुरुवात आफुले नै गरेको स्मरण गर्दै उनले अर्काे धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउन सहयाेग पुग्ने बताएका छन्। उनी भन्छन्, ‘यसरी विकास हुँदा विदेश जाने मुद्रा नेपालमै रहन्छ, ठुलो आर्थिक लाभ र स्वदेशमै रोजगारी मिल्नेछ। अरु खनिजको उत्खनन् गर्नेछौँ। कृषिको आधुनिकीकरण गर्नेछौँ।’

त्यस्तै नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउने भएकाले कुनै पनि हालतमा निराशा र असन्तुष्टि व्यक्त गर्नु नहुने प्रधानमन्त्री ओलीकाे भनाइ छ। सुनकोशी मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची महाकालीको कायाकल्प गर्ने बताउँदै उनले देशले गति लिएकाे दाबी गरेका छन्। साथै मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग र अन्य धेरै आयोजनाहरुले पनि गति लिने उनकाे भनाइ छ। 


प्रकाशित : शुक्रबार, असार ६ २०८२१७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend