बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सुरु भयो ग्वार्को ओभरपास, प्रधानमन्त्रीको उपस्थितिमा ट्राफिक प्रहरीले काटे रिबन

शुक्रबार, असार ६ २०८२
सुरु भयो ग्वार्को ओभरपास, प्रधानमन्त्रीको उपस्थितिमा ट्राफिक प्रहरीले काटे रिबन

ओभरपास निर्माणको काम आशिष, समानान्तर र रेलिगेर तीनवटा निर्माण कम्पनीको जोइन्ट भेन्चर (जेभी)ले गरेका हुन्। ओभरपास भ्याटसहित १७ करोड ६ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा निर्माण भएको हो।

काठमाडौं- ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास आज शुक्रबार उद्घाटन गरिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरे। ओभरपास उद्घाटन भएसँगै अब सञ्चालन हुने छ। 

निर्माण सुरु भएको साढे तीन वर्षमा सम्पन्न भएको ग्वार्को ओभरपासको उद्‍घाटन भएको हो। व्यापक चासोमा रहेको चक्रपथ सडकमार्गमा बनेको ओभरपासले ग्वार्को क्षेत्रमा सवारी जाम कम हुने अपेक्षा गरिएको छ।

२०७८ फागुन १२ गते सडक विभाग मातहतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्र र निर्माण कम्पनीबीच दुई वर्षभित्र अर्थात् २०८० फागुन ११ गतेभित्र काम सम्पन्न गर्ने सम्झौता भएको थियो। डिजाइनमै समस्या भएको भन्दै निर्मण कम्पनीले निर्माण कार्यमा ढिला गर्‍यो।ओभरपासको डिजाइन निर्माण कम्पनीले तयार गरेर सडक विभागको सहायतामा गुणस्तर अनुसन्धान केन्द्रले स्वीकृत गरेपछि फिल्डमा काम सुरु भएको थियो।

overpass KP.jpg

ओभरपास निर्माणको काम आशिष, समानान्तर र रेलिगेर तीनवटा निर्माण कम्पनीको जोइन्ट भेन्चर (जेभी)ले गरेका हुन्। ओभरपास भ्याटसहित १७ करोड ६ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा निर्माण भएको हो।

ओभरपासमा ३५ मिटर स्पानमा ४ लेनको पुल निर्माण भएको छ। अप्रोच सडक कोटेश्वरतर्फ ३ सय २० मिटर र सातदोबाटोतर्फ १ सय ८० मिटर निर्माण भएको छ।

तयार भयो ओभरपास, फेरिएला ग्वार्को सडकको अवस्था? तयार भयो ओभरपास, फेरिएला ग्वार्को सडकको अवस्था?


प्रकाशित : शुक्रबार, असार ६ २०८२१६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend