शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

हल गोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ आर्थिक सहयोग

images
शुक्रबार, असार ६ २०८२
images
images
हल गोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ आर्थिक सहयोग

पछिल्लो समय गाउँगाउँमा गोरु पाल्न छाड्ने क्रम बढ्दै गएपछि हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप प्रतिहल १० हजार अनुदान दिइएको हो। फेदीखोला गाउँपालिकाका पाँचवटै वडाबाट हल गोरुको तथ्यांक संकलन गरी प्रोत्साहन अनुदान प्रदान गरेको हो।

images
images

स्याङ्जा- स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान दिएको छ। परम्परागत कृषि प्रणालीको संरक्षण र कृषकलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले हल गोरु पाल्ने किसानलाई अनुदान दिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए।

images
images
images

पछिल्लो समय गाउँगाउँमा गोरु पाल्न छाड्ने क्रम बढ्दै गएपछि हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप प्रतिहल १० हजार अनुदान दिइएको हो। फेदीखोला गाउँपालिकाका पाँचवटै वडाबाट हल गोरुको तथ्यांक संकलन गरी प्रोत्साहन अनुदान प्रदान गरेको हो।

images
images

हल गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत दुई सय २४ जना किसानहरु समेटिएका छन्। कुल दुई सय ९० हल गोरुका लागि १४ लाख ४५ हजार रुपैयाँ अनुदान वितरण गरिएको उनले बताए।यो कार्यक्रममार्फत आर्थिक, सामाजिक, पर्यावरणीय र सांस्कृतिक महत्वलाई जोगाइ राख्नका लागि टेवा पुग्ने गाउँपालिकाको अपेक्षा छ।

images
images
images

‘हल गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानले विशेषगरी आर्थिक, सामाजिक, पर्यावरणीय, सांस्कृतिक रुपमा समेत प्रभाव पार्ने देखिन्छ’ उनले भने, ‘किसानको मनोबल बढाउँदै दिगो, आत्मनिर्भर र सांस्कृतिक रुपमा समृद्ध कृषि प्रणालीतर्फ सकारात्मक संकेतत दिएको छ।’

किसानको उत्पादन लागत घटेर आम्दानी बढ्ने, सामूहिक श्रम र पराम्परागत कृषि अभ्यासको पुनर्जीवनमा टेवा पुग्ने विश्वास उनको छ। यान्त्रिक प्रविधिहरुको प्रयोगबाट हुने जोताइको सट्टामा वातावरणमैत्री विधिको प्रोत्साहनमा जोड दिएको हो।

‘पछिल्लो समय गोरु पाल्ने चलन हराउँदै गएको छ, हाम्रो परम्परा मेटिँदै गएको छ’ उाले भन, ‘एकातिर हाम्रो परम्पराको संरक्षण हुने र अर्कोतर्फ जैविक मल घरमै उत्पादन गर्न सकिने भएकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराएका हौँ।’ यो कार्यक्रममा गाउँपालिकाको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत लागत साझेदारी रहेको फेदीखोला गाउँपालिका पशुपक्षी विकास उपशाखाका प्रमुख भगवानदेव यादवले बताउँछन्।

गाउँपालिकाले हल गोरु पालेका किसानहरुलाई प्रोत्साहन अनुदान दिनेसम्बन्धी सूचना सार्वजनिक गरेपछि वडावडाबाट निवेदन संकलन भएको थियो। संकलन भएका निवेदनहरु उपर जनप्रतिनिधि तथा कर्मचारीहरु घर-घरमै पुगेर अुनगमनपश्चात् प्रमाणित भएपछि सम्बन्धित किसानको बैंक खातामा रकम जम्मा गरिदिने भएको उनले बताए।

‘एउटै किसानले पालेको एक हल गोरु अथवा दुईजना किसानको मिलाएर एक हल गोरु बनाइएको रहेछ भने पनि पालिकाले प्रोत्साहनस्वरुप ७५ प्रतिशत अनुदान दिन्छ’ उनले भने, ‘गोरु पाल्ने किसानहरुको सबै तथ्यांक संकलन गरी प्रक्रिया पूरा भइसकेको छ।’ रासस


प्रकाशित : शुक्रबार, असार ६ २०८२१५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend