बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

वैदेशिक व्यापारमा निरन्तर सुधार

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ६ २०८२
वैदेशिक व्यापारमा निरन्तर सुधार

चालु आर्थिक वर्षदेखिको सुरूदेखि नै आयत निर्यातमा निरन्तर सुधार देखिँदै आएको छ। व्यापारमा सुधार देखिएपनि यसको उल्लेख्य प्रभाव राजस्वमा अझै पर्न सकेको छैन।

काठमाडौं- चालु आर्थिक वर्षको ११ महिनामा कूल वैदेशिक व्यापार १८ प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार जेठसम्मको आयात १३.१५ रि निर्यात ७७.७७ प्रतिशतले बढेको हो। 

११ महिनामा मुलुकमा १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँको वस्तु आयात भएको छ। यही अवधिमा मुलुकबाट २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको निर्यात भएको छ। 

पछिल्ला २ वर्ष वैदेशिक व्यापार शिथिल भएको थियो। विशेषगरी आयात कमजोर हुँदा त्यसको असर राजस्व संकलनमै परेको थियो। बजारमा बढ्न नसकेको कि अवैध आयात मौलाउँदा सरकारी ढुकुटी नै दबाबमा रहँदै आएको थियो। 

चालु आर्थिक वर्षदेखिको सुरूदेखि नै आयत निर्यातमा निरन्तर सुधार देखिँदै आएको छ। व्यापारमा सुधार देखिएपनि यसको उल्लेख्य प्रभाव राजस्वमा अझै पर्न सकेको छैन। 

११ महिनामा सबैभन्दा धेर डिजेल, भटमासको अप्रशोधित तेल, पेट्रोल, खाना पकाउने ग्यास, फलाम र स्मार्टफोन रहेका छन्। त्यस्तै औषधि, सुर्यमूखीको तेल लगायतका वस्तु छन्। 

त्यस्तै यो अवधिमा धेरै आयात हुने वस्तुमा भटमास, सूर्यमूखीको तेल, गलैचा, अलैची, फलामज्य वस्तु, जुट धागो लगायतका वस्तु रहेका छन्। 

विदेशबाट अप्रशोधित भटमासको तेल ल्याएर भारतमा निर्यात गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दा निर्यातको आकडा ठूलो देखिउको छ। नेपालमा उत्पादन नहुने भटमासको प्रशोधन नगरिउको तेल ल्याउने र भारतको भन्सार नीतिको लाभ उठाउँदै नेपालीहररुले निर्यात गर्दै आएका थिए। 

तर गएको महिनामात्र भारतले विदेशबाट आयात हुने खाने तेलमा लाग्ने भन्सार घटाइदिएको छ। यसरी भन्सार महसुल घट्दा नेपालबाट हुने निर्यात प्रभावित हुने देखिएको छ। 


प्रकाशित : शुक्रबार, असार ६ २०८२१५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend