बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

मुद्रास्फीति बढ्दा जापानमा चामलको मूल्य दोबर, मुख्य चुनाव नजिकिएसँगै प्रधानमन्त्री इशिबा दबाबमा

शुक्रबार, असार ६ २०८२
मुद्रास्फीति बढ्दा जापानमा चामलको मूल्य दोबर, मुख्य चुनाव नजिकिएसँगै प्रधानमन्त्री इशिबा दबाबमा

इशिबाले अक्टोबरमा प्रधानमन्त्री पद सम्हालेपछि उनको प्रशासनका लागि सार्वजनिक समर्थन सबैभन्दा तल्लो तहमा झरेकाे थियाे। जसका कारण प्रधानमन्त्री शिगेरु इशिबाका लागि संसदकाे माथिल्लो सदनकाे चुनाव महत्त्वपूर्ण छ।

टोकियो- जापानमा १२ महिनामा चामलको मूल्य दोबर भएको तथ्यांकले देखाएको छ। मुद्रास्फीतिमा भएको तीव्रताले प्रधानमन्त्री शिगेरु इशिबामाथि अर्को महिनाको प्रमुख चुनावअघि नयाँ दबाब खडा गरेको छ।

इशिबाले अक्टोबरमा प्रधानमन्त्री पद सम्हालेपछि उनको प्रशासनका लागि सार्वजनिक समर्थन सबैभन्दा तल्लो तहमा झरेकाे थियाे। जसका कारण प्रधानमन्त्री शिगेरु इशिबाका लागि संसदकाे माथिल्लो सदनकाे चुनाव महत्त्वपूर्ण छ।

जनआक्रोशको मुख्य स्रोतहरू मध्ये खाद्य पदार्थको बढ्दो लागत एक कारण हो। आपूर्ति शृङ्खलामा समस्यालगायत विभिन्न अभावका कारण महिनौँदेखि महंगीले आकाश छुँदै गएको छ।

मे महिनामा चामलको मूल्य एक सय एक प्रतिशतले बढेको छ। यो अप्रिलमा ९८ दशमलव चार प्रतिशतले र मार्चमा ९२ दशमलव पाँच प्रतिशतले बढेको थियो। अस्थिर ताजा खानाको मूल्यलाई समावेश नगर्ने यसले मुख्य मुद्रास्फीति पूर्वानुमानलाई उछिनेर तीन दशमलव सात प्रतिशतमा पुर्‍याउन मद्दत गरेको छ।

यो सन् २०२३ जनवरीपछिको सबैभन्दा उच्च स्तर हो भने अप्रिलको तीन दशमलव पाँच प्रतिशतबाट बढेको हो। चामलको संकटले जापान सरकारलाई फेब्रुअरीदेखि आपत्कालीन भण्डार जारी गर्ने दुर्लभ कदम चाल्न बाध्य बनाएको छ। यो सामान्यतया प्राकृतिक प्रकोपका बेला मात्र गरिन्थ्यो।

तर, चामल मात्र मुद्रास्फीति बढाउने कुरा होइन। शुक्रबारको डाटाअनुसार मे महिनामा बिजुलीको बिल ११ दशमलव तीन प्रतिशत बढ्यो भने ग्यासको शुल्क पाँच दशमलव चार प्रतिशत बढ्यो। ऊर्जा र ताजा खाना बाहेक उपभोक्ता मूल्यहरू तीन दशमलव तीन प्रतिशत बढेको छ। यो अप्रिलको तीन प्रतिशतको तुलनामा बढी थियो। रासस 


प्रकाशित : शुक्रबार, असार ६ २०८२१३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend