शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

फलफूल तथा तरकारी संरक्षण गर्न उपल्लो मुस्ताङमा ‘सेटलाइट कृषि फार्म’ स्थापना गरिँदै

images
शुक्रबार, असार ६ २०८२
images
images
फलफूल तथा तरकारी संरक्षण गर्न उपल्लो मुस्ताङमा ‘सेटलाइट कृषि फार्म’ स्थापना गरिँदै

सेटसाइट स्थापनाका लागि केन्द्रले जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको उक्त कार्यालयका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए। हालसम्म आठ सयएक रोपनी सरकारका नाममा दर्ता भइसकेको र अब केही महिनाभित्र केन्द्रका नाममा लालपुर्जा प्राप्तिको प्रक्रिया टुङ्ग्याइने प्रमुख आत्रेयकाे भनाइ छ।

images
images

मुस्ताङ- उपल्लो मुस्ताङको घमीमा शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा सेटलाइट कृषि फार्म स्थापना हुने भएको छ। मार्फामा उत्पादन हुने फलफूल तथा तरकारीलाई संरक्षण तथा प्रबर्द्धनका साथै स्थान्तरण गर्ने उद्देश्यले सेटलाइट फार्म स्थापना गर्न लागिएको हो।

images
images
images

सेटसाइट स्थापनाका लागि केन्द्रले जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको उक्त कार्यालयका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए। हालसम्म आठ सयएक रोपनी सरकारका नाममा दर्ता भइसकेको र अब केही महिनाभित्र केन्द्रका नाममा लालपुर्जा प्राप्तिको प्रक्रिया टुङ्ग्याइने प्रमुख आत्रेयकाे भनाइ छ।

images
images

पछिल्लो समय जलवायु परिवर्तनका कारण स्याउलगायत शीतोष्ण फलफूल तथा तरकारीमा असर परिरहेको उल्लेख गर्दै प्रमुख आत्रेयले त्यसका लागि सेटलाइट स्थापना आवश्यक भएको बताए। मुस्ताङको तल्लो क्षेत्रमा स्याउ, ओखर, आरु, आरु बखडा, खुर्पानी, कागजी बदाम, अङ्गुरलगायतको उत्पादन जलवायु परिवर्तनको असरका कारण कम हुन थालेको छ।

images
images
images

उपल्लो मुस्ताङमा बागवानी केन्द्रको शाखा विस्तार भएमा उपल्लो मुस्ताङका किसानलाई ठूलो सहयोग पुग्ने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए। ‘उपल्लो मुस्ताङका किसानलाई फलफूल तथा तरकारीको बीउ र बिरुवा ढुवानी गर्न समस्या छ, ढुवानी खर्च पनि महँगो हुँदै गएको छ’ अध्यक्ष विष्टले भने, ‘माथि नै बागवानीका शाखा स्थापना भएपछि उपल्लो भेगका किसानले सजिलै बिरुवा पाउनसक्ने अवस्था हुन्छ।’

जग्गा प्राप्तिको प्रक्रिया पूरा भएलगत्तै कार्यालय स्थापना र फार्म विस्तारको प्रक्रिया अघि बढाइने बागवानी विकास केन्द्रले जनाएको छ। उपल्लो मुस्ताङको घमीमा फार्मका लागि तीन वटा कित्ता रहेको र त्यहाँ विभिन्न फलफूल तथा तरकारीका बीउ तथा बिरुवा उत्पादन गर्न विभिन्न ब्लकहरु निर्माण गरिने जनाइएको छ।

बागवानी विकास केन्द्र मार्फाले वर्षाेनी किसानलाई पुस र माघमा स्याउलगायत फलफूलका बिरुवा वितरण गर्ने गर्छ। तर, त्यस समय उपल्लो मुस्ताङका किसान जाडो छल्न बेँसी झर्ने भएकाले त्यहाँ चैत र बैशाख महिनामा मात्रै स्याउका बिरुवा रोपण गर्ने गरिन्छ। उक्त समस्यालाई समाधान गर्न पनि उपल्लो मुस्ताङमा स्थापना हुने सेटलाइट फार्मले योगदान पुर्‍याउने बागवानी विकास केन्द्रको भनाइ छ।

करिब तीन दशकअघि मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते र कुञ्जो क्षेत्रमा राम्रो स्याउ उत्पादन हुन्थ्यो। तर, अहिले जलवायु परिवर्तनका कारण उक्त स्थानमा स्याउखेती राम्रो हुँदैन। जलवायु परिवर्तन र बढ्दो तापमानका कारण उक्त स्थानमा स्याउको सट्टामा समशीतोष्ण हावापानीमा हुने किबीफलको उत्पादन हुन थालेको छ।

मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र वि.सं. २०२३ मा स्थापना भएको हो। फार्म स्थापना भएपश्चात मुस्ताङमा व्यावसायिक स्याउखेती प्रारम्भ भएको केन्द्रको भनाइ छ। मार्फाको बागवानी विकास केन्द्रले मुस्ताङका स्थानीय किसानलाई फलफूल तथा तरकारीको गुणस्तरीय बीउ र बिरुवा उत्पादन गरी बिक्री वितरण गर्ने गर्दछ।

हाल शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा एकसय ७५ र घाँसामा २० रोपनी र जोमसोममा एक रोपनी जग्गा छ। केन्द्रले मार्फामा चार वटा ब्लकमा फलफूलको बिरुवा तथा तरकारीको बीउका साथसाथै ताजा फलफूल तथा तरकारी उत्पादन गर्दै आइरहेको छ। रासस


प्रकाशित : शुक्रबार, असार ६ २०८२१२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend