शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

मनाङ र लमजुङ जोड्ने बेँसीसहर-चामे सडक अवरुद्ध

images
शुक्रबार, असार ६ २०८२
images
images
मनाङ र लमजुङ जोड्ने बेँसीसहर-चामे सडक अवरुद्ध

सो स्थान नजिक यही असार ४ गते पहिरो खसेर सडक अवरुद्ध भएको थियो। त्यस्तै लमजुङ-मनाङको सिमाना नजिक म्यार्दी भिर नजिक सडकमा दुई वटा ट्रक बिग्रिँदा सवारी आवागमन अवरुद्ध भएको छ।

images
images

लमजुङ- मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर-चामे सडक पहिरो खस्दा अवरुद्ध भएको छ। यस सडक खण्डअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका-४ मा आज बिहान पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ।

images
images
images

कार्यालयका सूचना अधिकारी नवीन विष्टले भने, ‘ठूलाठूला ढुंगासहितको पहिरोले सडक अवरुद्ध हुँदा सवारीसाधनबीच बाटोमै अलपत्र परेका छन्।’ पहिरो ठूलो भएकाले खुलाउन समय लाग्ने उनको भनाइ छ।

images
images

सो स्थान नजिक यही असार ४ गते पहिरो खसेर सडक अवरुद्ध भएको थियो। त्यस्तै लमजुङ-मनाङको सिमाना नजिक म्यार्दी भिर नजिक सडकमा दुई वटा ट्रक बिग्रिँदा सवारी आवागमन अवरुद्ध भएको छ।

images
images
images

अहिले सडकमा यातायात सञ्चालनको प्रयास भइरहेको छ। सडक अवरुद्ध भएपछि गन्तव्यमा समयमा पुग्नुपर्ने यात्रुहरुलाई बढी समस्या भएको छ। रासस


प्रकाशित : शुक्रबार, असार ६ २०८२१२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend