बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ११ महिनामा ८ अर्ब ५२ करोड राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ६ २०८२
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ११ महिनामा ८ अर्ब ५२ करोड राजस्व संकलन

कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईंले चालु आवको ११ महिनामा लक्ष्यको ११३ दशमलव ३६ प्रतिशत राजस्व संकलन गरेको बताए।

पर्सा- आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। 

आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको जेठ मसान्तसम्मको अवधिमा ७ अर्ब ५१ करोड ६४ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकामा ८ अर्ब ५२ करोड ९ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईंले चालु आवको ११ महिनामा लक्ष्यको ११३ दशमलव ३६ प्रतिशत राजस्व संकलन गरेको बताए।  

कार्यालयले चालु आवको ११ महिनामा अन्तःशुल्क करतर्फ २ अर्ब ८४ करोड ६५ लाख ५३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकामा सो शीर्षकमा लक्ष्यको एक सय ४२ दशमलव २८ प्रतिशत अर्थात् ४ अर्ब ५ करोड ३८ हजार राजस्व राजस्व संकलन गरेको छ। 

त्यस्तै कार्यालयले चालु आवको ११ महिनामा आयकरतर्फ २ अर्ब ३२ करोड ४८ लाख ४८ हजार लक्ष्य रहेकामा सो अवधिमा २ अर्ब ५५ करोड ५९ लाख ९४ हजार राजस्व संकलन गरेको छ।

यो लक्ष्यको १०९ दशमलव ९४ प्रतिशत हुन आउँछ। कार्यालयले सो अवधिमा घरबहाल करतर्फ भने २५ करोड १० लाख ८ हजार राजस्व संकलन गरेको छ। 

त्यस्तै मूल्य अभिवृद्धि करतर्फ २ अर्ब २२ करोड ८३ लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकामा सो अवधिमा १ अर्ब ८३ करोड ७५ लाख ५० हजार राजस्व संकलन गरेको छ। विभागले कार्यालयलाई वर्षभरिमा ८ अर्ब ७१ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। रासस


प्रकाशित : शुक्रबार, असार ६ २०८२१०:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend