बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

आज देशभर आंशिकदेखि साधारण बदली, कोशी-बागमतीमा भारी वर्षाको सम्भावना

शुक्रबार, असार ६ २०८२
आज देशभर आंशिकदेखि साधारण बदली, कोशी-बागमतीमा भारी वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनजन्य प्रभाव देखिएको हो।

काठमाडौं- हाल देशका केही भागमा मनसुनी प्रणाली सक्रिय भइरहेका छन् भने केही भागमा पश्चिमी र स्थानीय वायुको मिश्रित प्रभाव देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनजन्य प्रभाव देखिएको हो।

पश्चिम नेपालमा भने पश्चिमी वायु र स्थानीय प्रणालीको आंशिक प्रभाव रहेको छ। त्यसका साथै भारतको पश्चिम बङ्गाल नजिक विकसित भएको न्यूनचापीय क्षेत्रको पनि नेपालमा आंशिक प्रभाव परिरहेको छ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

त्यसैगरी, देशका उच्च-पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। कोशी र मधेस प्रदेशका तराइ भू-भागमा कतिपय स्थानमा हावाहुरी चल्ने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।

आज रातिसमेत देशका पहाडी भू-भागका केही स्थानमा र अन्य क्षेत्रका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ।

महाशाखाले पहिरो, बाढी तथा अवरोध सम्भावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। रासस


प्रकाशित : शुक्रबार, असार ६ २०८२०७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend