बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

ग्लोबल आईएमई बैंक र आइडिया नेपालबीच सहकार्य

बिहीबार , असार ५ २०८२
ग्लोबल आईएमई बैंक र आइडिया नेपालबीच सहकार्य

सम्झौताअनुसार ग्लोबल आईएमई बैंकले आइडिया नेपालको आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल) बीच सहकार्य गर्ने समझदारी भएको छ। सम्झौताअनुसार ग्लोबल आईएमई बैंकले आइडिया नेपालको आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ।

आइडिया नेपालको आवश्यकतालाई मध्यनजर गरी ग्लोबल आईएमई बैंकले आफ्ना शाखा कार्यालयहरुबाट आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्नेछ।

मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आईएमई बैंकले आफ्नो ३५२ शाखा कार्यालय, ३८५ एटीएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिइरहेको छ।

बैंकले अमेरिका, अष्ट्रेलिया, क्यानडालगायत विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ।


प्रकाशित : बिहीबार , असार ५ २०८२१७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend