बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

images
बिहीबार , असार ५ २०८२
images
images
प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

नेकपा माओवादी केन्द्रका हितराज पाण्डेले निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक यथाशीघ्र छलफल गरी अघि बढाउनुपर्ने माग गरे।

images
images

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले निजामती विधेयक, दाउन्ने सडक निर्माण, मानव बेचबिखन, दलितमाथि हुने विभेदलगायत समसामयिक विषयमा संसद् र सरकारको ध्यानाकर्षण गराएका छन्।

images
images
images

बैठक प्रारम्भ हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकालले वालिङ नगरपालिका-१० का वडाध्यक्षले रास्वपाका नेता मेघ आलेमाथि आक्रमण गरेकाले निजमाथि कानूनी कारबाही गर्न माग गरे। अवैध रूपमा भइरहेको नदी दोहनको विरोध गरेकाले उनीमाथि आक्रमण गरिएको सांसद ढकालले सुनाए।

images
images

त्यसअघि उक्त दलका सांसदहरू आफ्नो आसनबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद ढकाललाई बोल्न समय दिएका थिए। पार्टीले ‘भिजिट भिसा’लगायत विषयमा आफ्ना माग पूरा नभएसम्म विरोध जारी रहने उनले बताए।

images
images
images

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हितराज पाण्डेले निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक यथाशीघ्र छलफल गरी अघि बढाउनुपर्ने माग गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाहीले मानव बेचबिखनविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताए। ‘भिजिट भिसा’ प्रकरणका सम्बन्धमा छानबिन समिति गठन हुनुपर्ने माग गर्दै उहाँले समिति नबन्दासम्म पार्टीको विरोध जारी रहने उल्लेख गरे।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेले राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पारित भएर आएको संघीय निजामती सेवा विधेयक २५ जना सचिवले रोकेको भन्दै निजहरूले राजीनामा दिए पनि काम अघि बढ्न नसकेकामा गुनासो गरे। उनले उक्त विधेयकका सम्बन्धमा शीघ्र आवश्यक प्रक्रिया अघि बढाउन माग गरे।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वासुदेव घिमिरेले दाउन्ने क्षेत्रको १४ किलोमिटर खण्डमा हिलोका कारण आवागमनमा समस्या भएकाले यथाशीघ्र मर्मत गर्नुपर्नेमा जोड दिए। नेपाली कांग्रेसका कान्तिका सेजुवालले जुम्लामा असिनापानीले स्याउखेतीमा क्षति भएका किसानले बिमाबापतको रकम नपाएकाले बिमा कम्पनीलाई रकम भुक्तानी गर्न तथा आवश्यक कारबाही गर्न माग गरे।

सांसद अमरेशकुमार सिंहले दलितमाथि विभेद तथा दलित बालिकामाथि बलात्कार हुँदा पनि अपराधीलाई कारबाही नभएकामा सरकारको ध्यानाकर्षण गराए।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अमरबहादुर थापा र प्रकाश ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटले दैलेखलगायत जिल्लालाई सम्बोधन नगरेकाले असन्तुष्टि जनाउनुका साथै अवैधरूपमा रुसी सेनामा नेपालीलाई पठाइएका तत्काल फिर्ता ल्याउन माग गरे। रासस


प्रकाशित : बिहीबार , असार ५ २०८२१४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend