शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो, लागत घट्दा किसान लाभान्वित

बिहीबार , असार ५ २०८२
कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो, लागत घट्दा किसान लाभान्वित
फाइल तस्बिर

धानको बीउ राख्न सिडर, रोप्न ट्रान्सप्लान्टर, काट्न रिपर र कम्बाइन हारभेस्टर र पराल उठाउन बेलरको प्रयोग हुँदै आएको छ।

सुनसरी- जिल्लामा पछिल्लो समय कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो छ। यन्त्रीकरणसँगै लागत घट्दा किसान लाभान्वित हुन थालेका छन्।

धान रोप्न, काट्न, दाउनी गर्न, मकै छर्न, तरकारीखेती गर्न र मकै दाउनी गर्न यन्त्रीकरण बढ्दै गएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिए।

कृषि उपकरण महँगा हुने र प्रयोग कम हुने हुँदा सरकारको अधिकतम अनुदानबिना किसानले खरिद गर्न नसक्ने स्थानीय किसान राजकिशोर मेहताले बताए। उपकरण प्रयोग गर्दा मजदुर खर्च ५० प्रतिशतदेखि ६० प्रतिशतसम्म बच्ने र कुल लागतमा २५ देखि ३० प्रतिशत खर्च घट्ने उनको भनाइ छ।

धानको बीउ राख्न सिडर, रोप्न ट्रान्सप्लान्टर, काट्न रिपर र कम्बाइन हारभेस्टर र पराल उठाउन बेलरको प्रयोग हुँदै आएको छ।

कतिपय उपकरण गहुँ र मकैलगायतका बालीमा पनि प्रयोग हुने गरेको छ। विगतमा मधेस क्षेत्रका जिल्लामा धेरै पहिलेदेखि जोत्न ट्र्याक्टर प्रयोग हुने गरेको थियो।

सबै किसानलाई उपकरणका बारेमा ज्ञान भइ नसकेकाले ठूला चक्लाबन्दी फार्ममा सामूहिकरुपमा तालिम दिए यन्त्रीकरणतर्फ जोड दिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , असार ५ २०८२१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend