बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

कृषि सामग्री ढुवानी गर्न रामपुर-६ का किसानलाई ठेलागाडा सहयोग

बिहीबार , असार ५ २०८२
कृषि सामग्री ढुवानी गर्न रामपुर-६ का किसानलाई ठेलागाडा सहयोग

नगर प्रमुख रमणबहादुर थापाले स-साना अनुदानका कार्यक्रम भन्दा अब बीउबिजन उत्पादन र स्वरोजगारका कार्यक्रमलाई अगाडि बढाइने बताए।

पाल्पा- कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेलागाडा वितरण गरिएको छ। रामपुर नगरपालिका-६ नम्बर वडा कार्यालयले कृषि प्रवर्द्धन तथा किसान सम्मान कार्यक्रमअन्तर्गत वडाभित्रका कृषि तथा पशुपालक किसानलाई ठेलागाडा उपलब्ध गराएको छ।

वडाका ७५ जना किसानलाई शतप्रतिशत अनुदानमा ठेलागाडा वितरण गरिएको वडाध्यक्ष दिवाकर देवकोटाले जानकारी दिए। किसानलाई कृषि उत्पादन, मल बीउ, दाना, पराल ओसारपसारका लागि कृषि औजारको रुपमा ठेलागाडा वितरण गरिएको वडाध्यक्ष देवकोटा बताउँछन्।

वडा कार्यालयले विजयपुर कृषि सहकारी संस्थाको समन्वयमा कार्यक्रम गरी ठेलागाडा वितरण गरेको हो।

नगर प्रमुख रमणबहादुर थापाले स-साना अनुदानका कार्यक्रम भन्दा अब बीउबिजन उत्पादन र स्वरोजगारका कार्यक्रमलाई अगाडि बढाइने बताए। रासस


प्रकाशित : बिहीबार , असार ५ २०८२११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend