बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

इरानमाथि आक्रमण योजनामा ट्रम्प सहमत, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठक शुक्रबार

बिहीबार , असार ५ २०८२
इरानमाथि आक्रमण योजनामा ट्रम्प सहमत, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठक शुक्रबार

द्वन्द्व गहिरिँदै जाँदा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले पनि शुक्रबार आपतकालीन बैठक बोलाउने भएको छ। यो बैठक इरान, रूस, चीन, पाकिस्तान र अल्जेरियाको आग्रहमा बोलाइएको हो।

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमाथि आक्रमण गर्ने योजनामा सहमत भएको जनाइएको छ। तर उनले अझै उक्त योजनालाई अन्तिम निर्णयकारूपमा पुष्टि गरेका छैनन्। सीबीएस न्यूजलाई उद्धृत गर्दै बीबीसीले यो जानकारी दिएको हो।

सीबीएस न्यूजले एक अमेरिकी उच्च गुप्तचर स्रोतलाई उद्धृत गर्दै जनाएको छ कि ट्रम्पले यदि इरानले आफ्नो परमाणु कार्यक्रम परित्याग गर्न सहमति जनाएमा हमला गर्नुनपर्ने धारणा राखेका छन्। यसबारे पहिलोपटक समाचार वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको हो।

बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोधिएको प्रश्नको जवाफमा भने, 'म यो गर्न पनि सक्छु, नगर्न पनि सक्छु।'

सीबीएसको रिपोर्टअनुसार अमेरिकी प्रशासनले इरानको फोर्डो भनिने भूमिगत युरेनियम प्रशोधन केन्द्रमाथि सम्भावित हमला गर्ने योजना बनाएको चर्चा गरेको थियो।

यहीबीच युद्ध रोक्न अन्तिम प्रयासस्वरूप युरोपेली कुटनीतिक पहलहरू पनि अघि बढेका छन्। जर्मनी, फ्रान्स र बेलायतका विदेश मन्त्रीहरू शुक्रबार जेनेभामा इरानी विदेशमन्त्रीसँग वार्ताका लागि जुट्ने तयारीमा छन्। वार्ताको मूल एजेन्डा भनेको इरानको परमाणु गतिविधि र इजरायलसँगको बढ्दो तनाव कम गर्नु हो।

युरोपेली अधिकारीहरू इरानबाट कुनै सकारात्मक संकेत आएमा त्यसलाई स्वागत गर्ने बताइरहेका छन्। तर, नेटो साझेदारहरूको वरिपरि पूर्ण युद्धको अवस्था सिर्जना भए युरोपेली राष्ट्रहरू ठूलो तनावमा पर्ने बीबीसीले उल्लेख गरेको छ।

द्वन्द्व गहिरिँदै जाँदा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले पनि शुक्रबार आपतकालीन बैठक बोलाउने भएको छ। यो बैठक इरान, रूस, चीन, पाकिस्तान र अल्जेरियाको आग्रहमा बोलाइएको हो।

संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत ड्यानी ड्याननले बैठकमा आफ्नो देशको सहभागिता रहने जानकारी दिएका छन्। उनले भने, 'इजरायलले मात्र आफ्नो सुरक्षा होइन, सम्पूर्ण स्वतन्त्र विश्वमाथिको खतरा पनि नष्ट गरेको छ।'

अहिलेको अवस्थामा तनाव गहिरिँदै गएको र युद्ध वा कुटनीतिक समाधान कुन दिशातर्फ जान्छ भन्ने अझै अनिश्चित रहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले टिप्पणी गरिरहेका छन्।


प्रकाशित : बिहीबार , असार ५ २०८२०६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend