बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

मितेरी सहकारी प्रकरण : धनराज गुरुङ मुछिएको प्रकरणका आरोपी ज्योतिबहादुर भण्डारी कम्बोडियाबाट पक्राउ

बिहीबार , असार ५ २०८२
मितेरी सहकारी प्रकरण : धनराज गुरुङ मुछिएको प्रकरणका आरोपी ज्योतिबहादुर भण्डारी कम्बोडियाबाट पक्राउ

मितेरी सहकारीमा करोडौं रुपैयाँ अपचलन गरी फरार रहेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ। उनलाई कम्बोडियाबाट पक्राउ गरी असार ४ गते राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं ल्याइएको हो।

काठमाडौं- मितेरी सहकारीमा करोडौं रुपैयाँ अपचलन गरी फरार रहेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ। उनलाई कम्बोडियाबाट पक्राउ गरी असार ४ गते राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं ल्याइएको हो।

भण्डारीमाथि मितेरी सहकारी संस्थाबाट तीन करोड ४४ लाख रुपैयाँ अपचलन गरेको आरोप छ। उनी लामो समयदेखि फरार थिए। उनलाई इन्टरपोलको सहयोगमा कम्बोडियाबाट पक्राउ गरिएको हो।

यस प्रकरणमा संलग्न अर्की अभियुक्त ज्योति गुरुङले पनि मितेरी सहकारीमार्फत ६ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप छ। भण्डारी र गुरुङ दुवैविरुद्ध विभिन्न पीडितले प्रहरी र अदालतमा उजुरी दिएका छन्।

यो प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङको समेत नाम जोडिँदै आएको छ। अपचलनको केन्द्रमा रहेकी प्रमुख अभियुक्त ज्योति गुरुङ धनराज गुरुङकी पूर्वपत्नी हुन्। सहकारीको रकम हिनामिना हुँदा उनीहरूबीच कानुनी रूपमा सम्बन्धविच्छेद भइसकेको थिएन। 

सम्बन्धविच्छेदपछि पनि धनराज गुरुङले आफ्नी पूर्वपत्नीको नाममा लिएको केही कर्जा तिरेको विषय सार्वजनिक भएपछि उनको समेत भूमिका प्रति शंका उठेको भन्दै छानविन गर्न माग गरिएको थियो। भण्डारीलाई अब आवश्यक कानुनी प्रक्रिया अघि बढाएर बैंकिङ कसुरसम्बन्धी मुद्दामा कारबाही गरिने छ। 


प्रकाशित : बिहीबार , असार ५ २०८२०६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend