बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो १ सय ५९ ग्राम सुनसहित एकजना भारतीय पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ४ २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो १ सय ५९ ग्राम सुनसहित एकजना भारतीय पक्राउ

पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीय मीना सुरजितसिंह खेमानी रहेको केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए।

काठमाडौं- प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १ किलो १ सय ५९ ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीय मीना सुरजितसिंह खेमानी रहेको केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए।

उनले भने, 'एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौं आएकी निज खेमानी विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब एक किलो १५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस् पदार्थसहित पक्राउ परेकी हुन्।'

प्रहरीले प्लास्टिकले ‘र्‍याप’ गरेको तीनवटा डल्लाको सुन जस्तो देखिने अर्धठोस् पदार्थ फेला पारी पक्राउ गरेको र यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता घिमिरे बताए। रासस

प्रकाशित : बुधबार, असार ४ २०८२१८:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend