बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

सिप्रदीयन सहायता संस्थाद्वारा नेपाल प्रहरीलाई २ सय थान लाइफ ज्याकेट हस्तान्तरण

images
बुधबार, असार ४ २०८२
images
images
सिप्रदीयन सहायता संस्थाद्वारा नेपाल प्रहरीलाई २ सय थान लाइफ ज्याकेट हस्तान्तरण

सिप्रदी समूहको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो सहयोग विपद् व्यवस्थापनमा अग्रपंक्तिमा रहने सुरक्षाकर्मीहरूलाई थप तयारीमा सहयोग पुर्याउने विश्वास लिइएको छ।

images
images

काठमाडौं- मनसुनको सुरुवातसँगै बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्ले पार्न सक्ने मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित सिप्रदी ग्रुप अन्तर्गतको सिप्रदीयन सहायता संस्थाले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई २ सय थान लाइफ ज्याकेट हस्तान्तरण गरेको छ। 

images
images
images

सिप्रदी समूहको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो सहयोग विपद् व्यवस्थापनमा अग्रपंक्तिमा रहने सुरक्षाकर्मीहरूलाई थप तयारीमा सहयोग पुर्याउने विश्वास लिइएको छ।

images
images

उक्त कार्यक्रम नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा नेपाल प्रहरीका डीआईजी ओमबहादुर राना, सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरी, उपाध्यक्ष सौरभराज थपलिया लगायत सिप्रदी र नेपाल प्रहरीका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

images
images
images

महानिरीक्षक तामाङले सुरक्षाकर्मीहरूको सुरक्षाका लागि यस्ता उपकरणहरू अत्यन्त उपयोगी हुने भन्दै सिप्रदी समूहप्रति आभार व्यक्त गरे। डीआईजी रानाले आपतकालीन अवस्थामा खटिने प्रहरीहरूको तयारीमा यस्तो सहयोग प्रेरणादायी हुने बताए। त्यस्तै सिप्रदी ट्रेडिङ प्रालिका सीईओ श्रेष्ठले समाज र समुदायप्रतिको उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राख्दै सिप्रदी समूहले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

सिप्रदीयन सहायता संस्था, सिप्रदी समूहद्वारा सञ्चालित सामाजिक उत्तरदायित्व कार्यक्रमहरूको प्रमुख अंगका रूपमा, शिक्षा, स्वास्थ्य, वातावरणीय संरक्षण र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय रहँदै आएको छ। यसपटकको सहयोगले वर्षासँगै आउने सम्भावित संकटहरूलाई सामना गर्न प्रहरी प्रशासनलाई थप सजग र सक्षम बनाउने अपेक्षा गरिएको छ। 


प्रकाशित : बुधबार, असार ४ २०८२१८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend