बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एमसीएका कार्यक्रम बन्धक भएपछि एमसीसीका बारेमा बोल्यो अमेरिका

बुधबार, असार ४ २०८२
एमसीएका कार्यक्रम बन्धक भएपछि एमसीसीका बारेमा बोल्यो अमेरिका

परियोजना होल्ड हुँदा पछिल्लो समय प्रक्रियामा रहेका खरिद नहुँदा भइरहेका काम पनि अघि बढेका छैनन्। यही अन्योल चिर्नका लागि भन्दै अमेरिकाले यस्तो विज्ञप्ति जारी गरेको हो।

काठमाडौं- अमेरिकी अनुदान सहायता कार्यक्रम एमसीसीअन्तर्गतका सबै गतिविधि पछिल्लो चार महिनादेखि बन्धक बनेपछि अमेरिकाले पहिलोपटक आफ्नो धारणा व्यक्त गरेको छ। 

काठमाडौंस्थिति अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै नेपालमा सञ्चालित एमसीसी कार्यक्रमका बारेमा धारणा व्यक्त गरेको हो। 

यसघि विश्वव्यापी रुपमा अनुदान सहायता होल्ड गर्ने निर्णय गर्दा नै नेपालमा सञ्चालित एमसीसी कार्यक्रम भने अपवादमा परेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ। होल्ड भएकै अवस्थामा पनि दायित्व सिर्जना तथा कार्यान्वयनलाई निरन्तरता दिन सकिने अनुमति दिइएको उल्लेख गरिएको छ। 

सोही व्यवस्थाअनुसार कार्यक्रम कार्यान्वयन भइरहेको भएपनि विदेशी सहायताको पुनरावलोकन भने जारी नै रहेको विज्ञप्तिमा उल्लेख छ। वैदेशिक सहायता रोक्ने निर्णय गर्दा नै नेपालको कम्प्याक्टलाई काम गर्ने छुट दिइएको आशय अमेरिकाले उल्लेख गरेको छ। 

एमसीसी र नेपालस्थित अमेरिकी दूतावासले पुनरावलोकनको सकारात्मक नतिजाका लागि सरोकारवालासँग निरन्तर छलफल गरिरहेको जनाइएको छ। अमेरिकी सरकार र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने गरी पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने उद्देश्यले काम गरिरहेको उल्लेख गरिएको छ।

परियोजना होल्ड हुँदा पछिल्लो समय प्रक्रियामा रहेका खरिद नहुँदा भइरहेका काम पनि अघि बढेका छैनन्। यही अन्योल चिर्नका लागि भन्दै अमेरिकाले यस्तो विज्ञप्ति जारी गरेको हो। 

नेपाल सरकारले पनि अनुदान सहायता निरन्तर हुने विश्वासले बजेटमा अनुमान पेस गरिसकेको छ।


प्रकाशित : बुधबार, असार ४ २०८२१८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend