बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सिरहामा पाँच वर्षपछि खानेपानी आयोजना सम्पन्न

बुधबार, असार ४ २०८२
सिरहामा पाँच वर्षपछि खानेपानी आयोजना सम्पन्न

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरमार्फत १० करोड ९४ लाख रुपैयाँ लागतमा पाँच वर्षपछि निर्माण सम्पन्न भएको आयोजनाबाट वडा नं ११, १२ र १३ का एक हजारभन्दा बढी परिवार लाभान्वित भएका छन्।

सिरहा- धनगढीमाई नगरपालिका-१३ स्थित डावर र नैनपुरटोलमा खानेपानी आयोजना सम्पन्न भएको छ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरमार्फत १० करोड ९४ लाख रुपैयाँ लागतमा पाँच वर्षपछि निर्माण सम्पन्न भएको आयोजनाबाट वडा नं ११, १२ र १३ का एक हजारभन्दा बढी परिवार लाभान्वित भएका छन्।

परीक्षणका रूपमा उपभोक्तालाई पानी वितरण गरिएको डावरटोल नैनपुरटोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सर्वण ठकुरीले जानकारी दिए।

खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवले यही असार ५ गते आयोजनाको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको उले बताए। आयोजना उद्घाटनको तयारीमा आफूहरू रहेको बताए। रासस

प्रकाशित : बुधबार, असार ४ २०८२१०:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend