शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कालीमाटी बजारमा आज सागसब्जी र फलफूलको थोक मूल्य यस्तो छ

बुधबार, असार ४ २०८२
कालीमाटी बजारमा आज सागसब्जी र फलफूलको थोक मूल्य यस्तो छ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिजन्य उपजको थोक मूल्य सार्वजनिक गरेको छ। निर्धारित मूल्यअनुसार अधिकांश तरकारी, साग, फलफूल तथा अन्य उपभोग्य वस्तुको अधिकतम थोक मूल्य उल्लेख गरिएको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिजन्य उपजको थोक मूल्य सार्वजनिक गरेको छ। निर्धारित मूल्यअनुसार अधिकांश तरकारी, साग, फलफूल तथा अन्य उपभोग्य वस्तुको अधिकतम थोक मूल्य उल्लेख गरिएको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ७० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा १०० रुपैयाँ, लोकल सानो गोलभेँडा ३० रुपैयाँ र टनेल सानो गोलभेँडा ४८ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी, आलु रातो भारतीय ४३ रुपैयाँ, मुडे ३८ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ र भारतीय आलु रातो ३५ रुपैयाँमा बिक्री भएको छ।

प्याज भारतीय ४२ रुपैयाँ, गाजर (लोकल) ८० र तराई गाजर ४५ रुपैयाँमा छ भने बन्दा (लोकल) ३२, स्थानीय काउली ६०, रातो मूला ३० र हाइब्रिड सेतो मूला २५ रुपैयाँ प्रतिकिलोमा रहेको छ।

भन्टा लाम्चो २० र डल्लो भन्टा ३५, तने बोडी २५, मकै बोडी ५०, मटरकोसा १६०, लोकल घिउ सिमी ४५, हाइब्रिड ३५, राजमा सिमी ११०, टाटे सिमी ५५, भटमास कोसा १००, तीतो करेला ३५, लौका २५, परबर (लोकल) ३५ र (तराई) ४०, चिचिण्डो २५, घिरौंला ४०, झिगुनी ५०, फर्सी (पाकेको) ४५, हरियो फर्सी (लाम्चो र डल्लो दुवै) ४०, र भिण्डी ४० रुपैयाँमा बिक्री भइरहेको छ।

साथै, सखरखण्ड ७०, पिँडालु १००, स्कूस ५०, रायोसाग ४०, पालुङ्गो साग ४५, तोरीको साग ३०, हरियो प्याज १००, कन्य च्याउ १६०, डल्ले च्याउ ३७०, कुरिलो ३००, निगुरो ३०, ब्रोकाउली ७०, चुकुन्दर ७०, सजिवन १७०, रातो बन्दा ८५, जिरीको साग १००, ग्याठकोभी ७०, सौफको साग ११०, पुदिना ११०, इमली १७०, तामा १२०, तोफु १४० र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलोमा उपलब्ध छन्।

फलफूलमा स्याउ (झोले) २५०, फुजी ३००, केरा दर्जनको १५०, कागती १७०, अनार ३५०, माल्द आँप ७०, दशहरी आँप ८०, हरियो अङ्गुर २५०, कालो अङ्गुर ३५०, हरियो तरबुजा ४०, मौसम २००, जुनार २५०, भुइँकटहर प्रति गोटा १९०, काँक्रो (लोकल) ५०, हाइब्रिड १२, रुखकटहर ६०, मेवा (भारतीय) ११० र लिची (लोकल) १९० रुपैयाँमा बिक्री भएको छ।

त्यस्तै, अदुवा ११०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी ४५, बुलेट र माछे खुर्सानी ३०, अकबरे खुर्सानी २५०, भेडे खुर्सानी ७०, धनियाँ ४०, चाइनिज लसुन २००, नेपाली लसुन १७०, सुकेको छ्यापी २००, हरियो छ्यापी १२० रुपैयाँमा उपलब्ध छन्।

माछाको हकमा रहु जातको ताजा माछा ३३०, बचुवा माछा ३२०, र छडी माछा २५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। रासस


प्रकाशित : बुधबार, असार ४ २०८२१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend