बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

जनस्वास्थ्यमा विनाशकारी बन्दै वायु प्रदूषण, नियन्त्रणका लागि नीतिगत हस्तक्षेप र लगानी आवश्यक

मंगलबार, असार ३ २०८२
जनस्वास्थ्यमा विनाशकारी बन्दै वायु प्रदूषण, नियन्त्रणका लागि नीतिगत हस्तक्षेप र लगानी आवश्यक

यो सबैका लागि सरकारले नीतिगत व्यवस्था गर्ने र लगानीका लागि पहल तथा प्रेरणा दिनुपर्ने बैंकको सुझाव रहेको छ।

काठमाडौं- नेपालीहरूको स्वास्थ्यमा जोखिमपूर्ण असर पार्ने कारकका रुपमा वायु प्रदुषण उल्लेख्य देखिएको छ। विश्व बैंकले गरेको अध्ययनले नेपालमा वायु प्रदूषण स्वास्थ्य जोखिमको मुख्य कारक देखाएको छ। 

‘टुवार्ड क्लिन एयर इन नेपाल,बेनिफिट, पोलुसन सोर्स एण्ड सोलुसन’ नामक अध्ययन प्रतिवेदनले विभिन्न मोडलमा गरेको अध्ययनले यस्तो अवस्था औल्याएको हो। क्षेत्रीय रुपमा नेपालमा काठमाडौं उपत्यका र तराई क्षेत्र वायु प्रदूषणका हटस्पट रहेका छन्। पछिल्ला केही वर्षदेखि प्रदूषणमा सुधारको साटो अझ बढ्दै गएको पाइएको हो। 

अहिलेको प्रदूषणका कारणले औसतमा एक जना नेपालीको आयु ३.४ वर्ले घटाइरहेको छ। त्यस्तै वर्षेनि २६ हजारले अल्पआयुमै ज्यान गुमाइरहेका छन्। 

मानव स्वास्थ्यबाहेक वायु प्रदूषण‍का कारण श्रम उत्पादकत्व, पर्यटन र हवाइ यातायात समेत प्रभावित भएका छन्। यही कारणले वर्षेनि ठूलो आर्थिक तथा उत्पादनमा क्षति भइरहेको छ। 

वन तथा वातावरणमन्त्री माननीय ऐनबहादुर शाही ठाकुरीले स्वच्छ हावा बिनाको आर्थिक वृद्धि नहुने भएकाले यी दुबै पक्षलाई सँगै लिनुपर्ने उनको भनाइ छ। स्वच्छ हावाका लागि सरकार कटिबद्ध भएरै विभिन्न नीतिगत व्यवस्था गरिरहेको उनको भनाइ छ। विद्युतीय सवारीको प्रवर्द्धनदेखि उद्योगका लागि मापदण्ड पनि ल्याइएको उनको भनाइ छ। 

विश्व बैंकको यो अध्ययन प्रतिवेदनले प्रदूषण नियन्त्रण गरी जनस्वास्थ्यको उदीयमान जोखिम न्यूनीकरणमात्र होइन राष्ट्रिय अर्थतन्त्रलाई पनि बलियो बनाउन सकिने निष्कर्ष निकालेको छ। 

यातायात, उद्योग, घरेलु खाना पकाउने प्रणाली, जंगलमा डढेलोमात्र नभएर सीमापार प्रदूषणको चपेटामा नेपालको वायु परेको छ। यसलाई नियन्त्रणका लागि क्षेत्रगत सुझाव पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। 

यो सबैका लागि सरकारले नीतिगत व्यवस्था गर्ने र लगानीका लागि पहल तथा प्रेरणा दिनुपर्ने बैंकको सुझाव रहेको छ। 

विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका निर्देशक डेविड सिसलेनले यी प्रयासमा बैंकको सहयता निरन्तर हुने प्रतबद्धता व्यक्त गरेका छन्। 


प्रकाशित : मंगलबार, असार ३ २०८२१३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend