बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पहिरोका कारण नारायणघाट-मुग्लिन सडकखण्ड अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ३ २०८२
पहिरोका कारण नारायणघाट-मुग्लिन सडकखण्ड अवरुद्ध

अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ। पहिरो हटाउन दुई घण्टा बढी लाग्न सक्ने प्रहरीको भनाइ छ।

चितवन- पहिरोका कारण नारायणघाट-मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ। 

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार आज मध्यान्न १२ बजे इच्छाकामना गाउँपालिका-६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो। 

उनका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ। पहिरो हटाउन दुई घण्टा बढी लाग्न सक्ने प्रहरी निरीक्षक सिंहको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, असार ३ २०८२१३:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend