बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भन्छन् - ‘भिजिट भिसा’ अहिलेकोमात्र समस्या होइन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ३ २०८२
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भन्छन् - ‘भिजिट भिसा’ अहिलेकोमात्र समस्या होइन

यो मुद्दालाई त्यत्तिकै नछाड्ने भन्दै प्रचण्डले आफूहरु प्रतिपक्षमा भए पनि सत्तापक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताए।

चितवन- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन्। 

प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताएका हुन्।

'यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईंहरुले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ' उनले भने। यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ।   

यो मुद्दालाई त्यत्तिकै नछाड्ने उनले बताए। यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उनको धारणा छ। उनले भने, 'मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन।'

प्रचण्डले आफूहरु प्रतिपक्षमा भए पनि सत्तापक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताए। उनले भने, 'हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ।'

अध्यक्ष प्रचण्डले बजेट पारित गर्नुपर्ने, संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पारे। रासस  


प्रकाशित : मंगलबार, असार ३ २०८२१२:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend