शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

मंगलबार, असार ३ २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

आजको मूल्य सूचीअनुसार गोलभेँडा (नेपाली) प्रतिकिलो ७५ रुपैयाँ, भारतीय गोलभेँडा १०० रुपैयाँ, सानो लोकल गोलभेँडा ३२ रुपैयाँ, टनेल उत्पादन ४६ रुपैयाँ कायम गरिएको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि सागसब्जी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ। बजार समितिका अनुसार तोकिएका मूल्यहरू अधिकतम थोक मूल्य हुन्, जसमा विक्रेताले उपभोक्तालाई उपलब्ध गराउने मूल्य थप घट गर्न सक्ने व्यवस्था छ।

आजको मूल्य सूचीअनुसार गोलभेँडा (नेपाली) प्रतिकिलो ७५ रुपैयाँ, भारतीय गोलभेँडा १०० रुपैयाँ, सानो लोकल गोलभेँडा ३२ रुपैयाँ, टनेल उत्पादन ४६ रुपैयाँ कायम गरिएको छ। आलु (भारतीय रातो) ३५, मुडे रातो ३८, सेतो ३६, प्याज (भारतीय) ४२ र गाजर (लोकल) ८० रुपैयाँ प्रतिकिलो पुगेको छ।

बन्दा, काउली, भन्टा, सिमी, बोडी, लौका, फर्सी, करेला, चिचिण्डो, घिरौला, भिण्डीलगायत अन्य मौसमी तरकारीमा पनि फरक मूल्य निर्धारण गरिएको छ। जस्तै, काउली ६० रुपैयाँ, मूला २५ देखि ३० रुपैयाँ, भन्टा २० देखि ३५, सिमी ३० देखि ६० रुपैयाँसम्म तोकिएको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३००, झोले स्याउ २५०, केरा प्रतिदर्जन १५०, कागती १७०, आँप (माल्द) ७०, दशहरी ८०, अङ्गुर (हरियो) २५०, कालो ३५०, लिची १९०, जुनार २५० रुपैयाँ रहेको छ। मौसम २००, तरबुजा ४०, काँक्रो (हाइब्रिड) १४, लोकल ४० रुपैयाँमा विक्रि भइरहेको छ।

अदुवा, लसुन, खुर्सानी, धनियाँलगायत मसलाजन्य उपजहरूमा पनि मूल्य परिमार्जन गरिएको छ। अदुवा ११०, नेपाली लसुन १७०, चाइनिज लसुन २००, अकबरे खुर्सानी २१०, भेडे खुर्सानी ६५, सुकेको खुर्सानी ४२० रुपैयाँ पुगेको छ।

समितिले प्रकाशित मूल्यमा परिवर्तन आवश्यक परेमा दैनिक अपडेट गरिने जनाइएको छ। थोक मूल्य सार्वजनिक गरिए पनि खुद्रा बजारमा मूल्य केही फरक हुन सक्ने समितिको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, असार ३ २०८२०९:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend