बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

आज बस्दै प्रतिनिधिसभा, निजामती सेवा विधेयक पारित हुने सम्भावना

मंगलबार, असार ३ २०८२
आज बस्दै प्रतिनिधिसभा, निजामती सेवा विधेयक पारित हुने सम्भावना

संघीय संसद्को प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाइएको छ। बैठकको प्रमुख कार्यसूचीमा संघीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल र पारित प्रक्रिया रहेको छ।

काठमाडौं- संघीय संसद्को प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाइएको छ। बैठकको प्रमुख कार्यसूचीमा संघीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल र पारित प्रक्रिया रहेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने तयारी भएको छ। लामो समयदेखि अलमलमा परेको निजामती सेवा विधेयक आजको बैठकबाट पारित हुने सम्भावना बढेको छ।

यसैबीच, समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची पनि बैठकमा राखिएको छ।

सरकारी सेवा व्यवस्थापनको कानुनी ढाँचा निर्माण तथा नागरिकतासम्बन्धी बहुप्रतीक्षित विषयमा संसद् सत्तारूढ र प्रतिपक्षबीच सहमति खोज्ने प्रयास भइरहेका बेला आजको बैठक विशेष रुपमा अर्थपूर्ण देखिएको छ। रासस


प्रकाशित : मंगलबार, असार ३ २०८२०७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend