मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आईपीओ जारी गर्ने

images
सोमबार, फागुन २ २०७८
images
महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आईपीओ जारी गर्ने
images
images

काठमाडौं- महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन प्रक्रिया सुरु गरेको हो।

images
images
images

आईपीओ निष्कासन गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ। सोमबार बिक्री प्रबन्धक सम्झौतामा कम्पनीका सीईओ रमेशकुमार भट्टराई र क्यापिटलको तर्फबाट भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन्। 

images
images

कम्पनीले हालसम्ममा ६३ वटा शाखाहरुबाट बीमा सेवा प्रदान गर्दै आएको छ। हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ पुग्नेछ। अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ। 

images
images

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा ५ करोड ३० लाख नाफा कमाएको छ भने कुल ६९ करोड ८५ लाख रुपैयाँ  बीमा शुल्क आर्जन गरेको छ। 


प्रकाशित : सोमबार, फागुन २ २०७८१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend