मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

गोल्छा ग्रुपद्वारा प्रस्तुत 'ग्लोकल टीन हिरो नेपाल २०२५' को लागि आवेदन आह्वान

images
सोमबार, असार २ २०८२
images
images
गोल्छा ग्रुपद्वारा प्रस्तुत 'ग्लोकल टीन हिरो नेपाल २०२५' को लागि आवेदन आह्वान

यस वर्ष 'ग्लोकल टीन हिरो'ले नेपालभरका ६० भन्दा माथिका सहरहरूमा पुग्ने र किशोरकिशोरीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने योजना बनाएको छ।

images
images

काठमाडौं- गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल 'टीन हिरो नेपाल २०२५' को ११औँ संस्करणका लागि आवेदन खुल्ला गरिएको छ। यो कार्यक्रमले नेपालका किशोरकिशोरीहरूलाई उनीहरूको असाधारण योगदान र नेतृत्वका लागि सम्मान गर्ने लक्ष्य राखेको जनाइएको छ।

images
images
images

नेपालमा नै परिकल्पना गरिएको यो कार्यक्रमको ११औँ वर्षमा 'ग्लोकल टीन हिरो'ले नेपालका समर्पित, उत्साही र नवप्रवर्तनशील किशोरकिशोरीहरूलाई सशक्तिकरण र पहिचान प्रदान गर्न आवेदन आह्वान गरेको छ।

images
images

यस वर्ष 'ग्लोकल टीन हिरो'ले नेपालभरका ६० भन्दा माथिका सहरहरूमा पुग्ने र किशोरकिशोरीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने योजना बनाएको छ। देशभरका १३ देखि १९ वर्ष उमेर समूहका सबै उत्साही, लगनशील, दूरदर्शी र परिवर्तनकारी भावना बोकेका किशोरकिशोरीहरूले आवेदन दिन सक्नेछन्।

images
images
images

आफ्नो समुदाय, समाज वा कुनै विशेष क्षेत्रमा उल्लेखनीय र प्रभावकारी कार्य गरिरहेका, शैक्षिक गतिविधिभन्दा माथि उक्लिएर आफ्नो प्रतिभा र सेवाकारी रुप प्रदर्शन गरिरहेका वा सकारात्मक परिवर्तन ल्याउन सक्रिय जाेकोहीले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

यो पूर्णतःनिशुल्क कार्यक्रम हो, किशोरकिशोरीहरूले 'ग्लोकल टीन हिरो डटकम स्ल्यास नेपाल'मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। साथै, आफ्नो समुदायका परिवर्तनशील किशोरकिशोरीहरूलाई मनोनयन गर्ने सुविधा पनि उपलब्ध छ। आवेदन आजबाट खुल्ला गरिएको छ र आवेदन पेस गर्ने अन्तिम मिति जुलाई ३०, २०२५ तोकिएको छ। दुवै सहभागिता र मनोनयन आवेदन अनलाइन उपलब्ध छन्।

आवेदन र कागजातको समीक्षापछि, ग्लोकलको '२० अन्डर २०' को छनोट गरिनेछ। यस छनोट प्रक्रियामा सहभागीहरूको पहल, प्रभाव र उपलब्धिलाई गहन रूपमा मूल्यांकन गरिनेछ। तत्पश्चात्, शीर्ष ६ फाइनलिस्टहरू छनोट गरिनेछन् जसले गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को अन्तिम चरणमा भाग लिने अवसर पाउनेछन्। उनीहरूको दूरदृष्टि, आचरण र कार्यको दिगोपनका आधारमा अन्तिम मूल्यांकन गरिनेछ।

ग्रान्ड फिनालेमा असाधारण दिग्गज, अग्रगामी र परिवर्तनकारी व्यक्तित्वहरूको एक प्रतिष्ठित निर्णायक मण्डलले फाइनलिस्टहरूको अन्तर्वार्ता र मूल्यांकन गर्नेछ। यस वर्ष जुरीमा कोकाकोला नेपालकी राष्ट्रिय निर्देशक चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका राष्ट्रिय निर्देशक डा.घनश्याम गुरुङ, गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा, सुरज वैद्य, अध्यक्ष वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेस, र नेपालका लागि युरोपेली संघका कार्यवाहक प्रमुख थोमस मिलर रहने छन्।

ग्लोकल टीन हिरो (जीटीएच) ग्लोकल प्रालिको एक महत्वपूर्ण पहल हो। जुन केवल अवार्ड वा पुरस्कारमात्र नभइ परिवर्तनकारी भावना भएका युवा/किशोरकिशोरीहरूलाई उचित मूल्यांकन गर्दै नयाँ पुस्तामाझ आभारीपूर्वक पहिचान दिलाउँछ।

'ग्लोकल टीन हिरो'को सुरुवात सन् २०१५ मा काठमाडौं उपत्यकाका प्रतिभावान किशोरकिशोरीहरूलाई सम्मान गर्ने उद्देश्यले भएको थियो। सन् २०१६ देखि यस कार्यक्रमलाई देशभर विस्तार गरियो। यसको पहुँचलाई दक्षिण एसियाका अन्य देशहरूमा समेत विस्तार गर्ने लक्ष्यका साथ सन् २०१९, २०२० र २०२२ मा भारत, श्रीलंका र बंगलादेशमा पनि ग्लोकल टीन हिरो प्रारम्भ गरिएको थियो। 

'टीन हिरो नेपाल २०२५' को ११औँ संस्करणलाई सफलल बनाउनका लागि कम्पनीले विभिन्न संघ संस्थासँग हातेमालो गरेको छ। यस यात्राका लागि शीर्षक साझेदारको रुपमा गोल्छा ग्रुप, रणनीतिक साझेदारको रूपमा युरोपेली संघ र भारतीय दूतावास काठमाडौं, नेपाल रहेका छन्।

बैंकिङ साझेदारको रूपमा ग्लोबल आईएमई बैंक, नबिल बैंक र नेपाल एसबीआई बैंक लिमिटेड, नेपाल पर्यटन बोड पवर्द्धक साझेदार बनेको छ। यसमा यी लगायत अन्य साझेदारहरु पनि जोडिएका छन्।


प्रकाशित : सोमबार, असार २ २०८२१८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend