बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

हीरा तथा बहुमूल्य पत्थरमा भ्याट र सुनमा विलासिता कर लाग्ने व्यवस्थामा पुनर्विचार गर्न आग्रह

सोमबार, असार २ २०८२
हीरा तथा बहुमूल्य पत्थरमा भ्याट र सुनमा विलासिता कर लाग्ने व्यवस्थामा पुनर्विचार गर्न आग्रह

आगामी वर्षको बजेटमा हीरा तथा बहुमूल्य पत्थरमा भ्याट र सुनमा दुई प्रतिशत विलासिता कर लाग्ने व्यवस्था गरेकामा त्यसबाट आफूहरूको व्यवसाय बन्द हुनसक्ने भएकाले पुनर्विचार हुन जरुरी भएको जनाएको हो।

काठमाडौं- नेपाल रत्न तथा आभूषण संघले हीरा तथा बहुमूल्य पत्थरमा मूल्यअभिवृद्धि कर (भ्याट) र सुनमा विलासिता कर लगाउँदा व्यवसाय प्रभावित हुने जनाउँदै त्यसमा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

संघले आज यहाँ पत्रकार सम्मेलन गरेर आगामी वर्षको बजेटमा हीरा तथा बहुमूल्य पत्थरमा भ्याट र सुनमा दुई प्रतिशत विलासिता कर लाग्ने व्यवस्था गरेकामा त्यसबाट आफूहरूको व्यवसाय बन्द हुनसक्ने भएकाले पुनर्विचार हुन जरुरी भएको जनाएको हो।

संघका अध्यक्ष सुमनमान ताम्राकारले सुनचाँदी तथा रत्नका आभूषणमा कर लगाउँदा करिब तीन खर्ब ५० अर्ब रूपैयाँ लगानी गरेका २५ हजार व्यवसायीमात्र प्रभावित नभइ तीन लाख कालिगढ र तिनका आश्रितसमेत समस्यामा पर्ने भएकाले पुनर्विचार गर्न आग्रह गरे।

सुनचाँदी तथा रत्न आभूषण व्यवसायीबाट राज्यलाई वार्षिक २० अर्ब रूपैयाँ राजस्व योगदान हुँदै आएको जानकारी दिँदै अध्यक्ष शाक्यले करको मारबाट आफूहरूलाई मुक्त गर्न अनुरोध गरे। रासस


प्रकाशित : सोमबार, असार २ २०८२१७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend