बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सूचनाप्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरी छ : मन्त्री गुरुङ

सोमबार, असार २ २०८२
सूचनाप्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरी छ : मन्त्री गुरुङ

सूचना प्रविधिको विकास स्थानीय तहसम्मै व्यापक हुनुपर्नेमा उनले जोड दिए।

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताएका छन्।

मन्त्रालयले आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०८२ को समीक्षा तथा प्रशंसापत्र वितरण कार्यक्रममा मन्त्री गुरुङले सूचना प्रविधिको विकास स्थानीय तहसम्मै व्यापक हुनुपर्नेमा जोड दिए।

आईटी दिवसलाई सरकारले उत्सवका रुपमा मनाउनुपर्ने र युवा पुस्तालाई जति सक्दो प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताए। 'यो दिवस देशभर उत्सवका रुपमा मनाउनुपर्छ, नयाँ जनशक्तिको हौसला बढाउनका लागि  थप गतिविधिहरु बढाउन आवश्यक छ', मन्त्री गुरुङले भने।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फ्रेमवर्क(डीएनएफ) को मस्यौदा अन्तिम चरणमा रहेको उल्लेख गरे। 'सरकार सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा तयार छौँ, यसका लागि निजी क्षेत्रको सहकार्य जरुरी छ।'

मन्त्रालयका सचिव राधिका अर्यालले आईटी क्षेत्रमा युवा प्रोत्साहन गर्न मन्त्रालयले आईटी इन्टर्नसीपका लागि बजेट नै छुट्याएको बताए।

कार्यक्रममा सहभागी सरोकारवालाले प्रदेश र स्थानीय तहको सहकार्यमा यस क्षेत्रको विकास गर्न सुझाव दिए। रासस


प्रकाशित : सोमबार, असार २ २०८२१७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend