सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

सुदूरपश्चिम प्रदेश सरकारले बढायो कार, जिप, भ्यानसहित मोटरसाइकलको सवारीसाधन कर

images
सोमबार, असार २ २०८२
images
images
सुदूरपश्चिम प्रदेश सरकारले बढायो कार, जिप, भ्यानसहित मोटरसाइकलको सवारीसाधन कर

मोटरसाइकलमा ४०१ सीसीदेखि ६५० भन्दा माथिको हकमा २० हजार र ६५१ सीसीभन्दा माथिको हकमा ३० हजार रुपैयाँ बनाइएको छ। यसअघि ४०१ देखिमाथिको हकमा ११ हजार ५ सय रुपैयाँमात्रै थियो।

images
images

काठमाडौं- सुदूरपश्चिम सरकारले सवारीसाधन कर बढाएको छ। प्रदेश सरकारले जारी गरेको आर्थिक ऐनमा निजी सवारीसाधन करमा परिमार्जन भएको छ।

images
images
images

प्रदेश सरकारले कार, जिप, भ्यान र माइक्रोबसको वर्गीकरणसमेत परिवर्तन गरी कर बढाएको छ। पहिले ६ वटा वर्गमा तोकिएको कार, जिप, भ्यान र माइक्रोबसको सवारीसाधन कर अहिले ७ वटा वर्गमा बनाइएको छ। पहिले एक हजार सीसीसम्मको हकमा २१ हजार रुपैयाँ रहेको यो वर्गको सवारीसाधन कर अहिले बढाएर २२ हजार बनाइएको छ। यही वर्गमा १००१ देखि १५०० सीसीसम्मको हकमा २३ हजारबाट बढाएर २५ हजार र १५०१ देखि २ हजारसम्मको हकमा २५ हजार रुपैयाँबाट बढाएर २७ हजार रुपैयाँ बनाइएको छ।

images
images

यसैगरी कार, जिप, भ्यान र माइक्रोबसमा २००१ देखि २५०० सीसीसम्मको हकमा ३५ हजार रुपैयाँबाट बढाएर ३७ हजार बनाइएको छ। यसैगरी २५०१ देखि २९०० सयको हकमा विगतमा ४० हजार रुपैयाँ रहेको थियो। यसलाई परिमार्जन गरेर प्रदेश सरकारले २५००१ देखि ३ हजारसम्मको हकमा ५० हजार रुपैयाँ बनाएको छ।

images
images
images

यसैगरी कार, जिप, भ्यान र माइक्रोबसमा २९०१ सीसीभन्दा माथिको हकमा पहिले ५८ हजार रुपयाँ रहेकोमा अहिले ३००१ देखि ३५०० सीसीसम्ममा वर्गीकरण गरी ६५ हजार रुपैयाँ र ३५०१ सीसीदेखि माथिको हकमा ७० हजार रुपैयाँ सवारीसाधन कर तोकिएको छ। 

यसैगरी मिनिटिपरको हकमा २८ हजार रुपैयाँबाट बढाएर ३० हजार रुपैयाँ सवारीसाधन कर लगाइएको छ।

प्रदेश सरकारले मिनिबसको हकमा २३ हजारबाट बढाएर २७ हजार रुपैयाँ र तेल ट्यांकर र ग्यास बुलेटमा ३५ हजार रुपैयाँ सवारीसाधन कर तोकेको छ।

मोटरसाइकलको कर पनि बढ्यो

सुदूरपश्चिम सरकारले मोटरसाइकल तथा स्कुटरको सवारीसाधन करसमेत बढाएको छ। १२५ सीसीसम्मको मोटरसाइकलको हकमा २६ सय रुपैयाँबाट बढाएर २८ सय रुपैयाँ बनाएको छ। १२६ सीसीदेखि १५० सीसी हकमा ४८ सयबाट बढाएर ५ हजार रुपैयाँ बनाइएको छ। 

यस्तै १५१ सीसीदेखि २५० सीसीसम्मको हकमा ६ हजारबाट बढाएर ६५ सय रुपैयाँ बनाइएको छ। २५१ सीसीदेखि ४०० सीसीसम्मको हकमा १० हजार रुपैयाँबाट बढाएर ११ हजार रुपैयाँ बनाइएको छ। 

४०१ सीसीदेखि ६५० भन्दा माथिको हकमा २० हजार र ६५१ सीसीभन्दा माथिको हकमा ३० हजार रुपैयाँ बनाइएको छ। यसअघि ४०१ देखिमाथिको हकमा ११ हजार ५ सय रुपैयाँमात्रै थियो।


प्रकाशित : सोमबार, असार २ २०८२१६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend