बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

सोमबार, असार २ २०८२
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

सडक अवरुद्ध बनेपछि कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी सडकखण्डमा दुवै तर्फका लामो तथा छोटो दुरीका सम्पूर्ण सवारीसाधनहरूबीच बाटोमै अलपत्र परेका छन्।

गुल्मी- पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ। उक्त सडकखण्डअन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका-६ स्थित बरल्वामा आज अपराह्न सडक माथिबाट पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिए।

सडक अवरुद्ध बनेपछि कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी सडकखण्डमा दुवै तर्फका लामो तथा छोटो दुरीका सम्पूर्ण सवारीसाधनहरूबीच बाटोमै अलपत्र परेका छन्। रासस


प्रकाशित : सोमबार, असार २ २०८२१५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend