बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

सोमबार, असार २ २०८२
हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

आगलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, महत्वपूर्ण कागजात र नगद रूपैयाँ जलेर नष्ट भएका छन्।

सिमकोट- हुम्लाको  सर्केगाड गाउँपालिका-३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठघर नष्ट भएका छन्। गएराति स्थानीयवासी विर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा आउन नसकेको जनाइएको छ।

आगलागीबाट आठवटा घर जलेर पूर्ण नष्ट भएको स्थानीयवासी धनबहादुर रावतले जानकारी दिए। उनले भने, 'आगो के कति कति कारणले लागेको भन्ने कुनै यकिन भएको छैन। सुरुमा आगलागी हुने गोठका धनी विर्ख रावतका परिवार सबै लेखको बस्तीमा बस्ने गर्दथे।'

सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली राति नै घटनास्थलमा पुगेर अहिले आगो नियन्त्रणमा ल्याउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

आगलागीबाट विजन फडेरा, धनबहादुर रावत, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुल्ली फडेराको घर जलेर नष्ट भएका बताइएको छ। आगलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, लिउ फेरुवा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद रूपैयाँ जलेर नष्ट भएको पीडित धनबहादुरले बताए।

aaglagi - humla - sarkegad uwapani1.jpg

आगलागीबाट मानवीय क्षति कुनै भएको छैन। सबै आगो नियन्त्रणमा आइसकेपछि मात्र क्षतिको विवरण आउने प्रहरीले जनाएको छ। रासस


प्रकाशित : सोमबार, असार २ २०८२११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend